एजेन्सी । बलिउडकी अभिनेत्री रानी मुखर्जीलाई नचिन्ने कमै मानिस हुनुहुन्छ होला । जसका थुप्रै हिन्दी फिल्महरु अझै पनि धेरै मानिसको मन र मुटुमा बसेको छ ।

तिनै अभिनेत्री रानी बिहेपछि भने केहि समय हराइन् भने उनको बच्चा भइसकेपछि झन् केहि समय बलिउड दुनियाँबाट नै हराइन् । तर केहि समयपछि उनी पुनः पर्दामा नजर आइन् ।

भने अहिले उनी फिल्म ‘हिचकी’ मार्फत बलिउडमा धमाका गर्ने धेरैको अनुमान छ । उनी उक्त फिल्मको प्रोमोशनमा व्यस्थ पनि उत्तिकै छिन् हिजो आज ।

यसै सिलसिलामा उनले आफ्ना पति आदित्य चोपडाको बारेमा पनि केहि राज खोल्न भ्याइन् । उनका अनुसार आदित्य चोपडालाई मात्र तीन चीज निकै महत्वपूर्ण लाग्छन् ती मध्ये एक फिल्म, खाना र तेस्रो कुरा भने उनले खोल्न चाहिनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *