काठमाडौं,०७ फागुन । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा विशेष अफर ‘फ्रिडम प्याक’ ल्याएको छ ।

नेपाल टेलिकमले जिएसएम र सिडिएमए मोबाइलका प्रयोकर्ताका लागि यो प्याक ल्याएको हो । २५ रुपैयाँ तिरेर प्याक लिएपछि एक घण्टासम्म अनलिमिटेड सेवा लिन सकिने टेलिकमले जनाएको छ ।

यो सेवा अन्तर्गत एक घण्टासम्म अनलिमिटेड फोन गर्न, एसएमएस पठाउन र डाटा प्रयोग गर्न सकिने छ । आइतबारदेखि सुरु भएको अफर मंगलबारसम्म रहने टेलिकमले जनाएको छ ।

एकपटक लिएको प्याक सकिएपछि अर्को प्याक लिन सकिनेछ । यसका लागि जिएसएम मोबाइलबाट एस्ट्रिक १४१५ एस्ट्रिक ८ ह्यास डायल गरी वा एफडिपिएसिके टाइप गरी १४१५ मा पठाउनु पर्ने छ ।

यस्तै सिडिएमए मोबाइलबाट एफडिपिएसिके टाइप गरी १४१५ मा पठाउनु पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *