चितवन – सरोज चेपाङ मिनी एयर क्राफ्ट (सानो जहाज) बनाउनमा ब्यस्त छन् । राप्ती नगरपालिका-२, गड्यौलीका चेपाङको दिन यही सानो जहाजको पार्टपूर्जा जोडजाममै बित्छ ।

चेपाङले बनाउँदै गरेको प्लेन हेर्न दिनमा २०० जना आउँछन् ।आल्मुनियम, स्टिल, स्कुटरको टायर, मोटरसाइकलको ब्रेक र क्लजलगायत सामान प्रयोग गरेर सरोजले जहाज बनाएका छन् । जहाज निर्माणको काम ८० प्रतिशत सकिदा उनको ५ लाख रुपैयाँ खर्च भइसकेको छ । उनी अब बाँकी २० प्रतिशत काम सिध्याउन पैसा खोज्दैछन् । कतारमा गाडी चलाउने बाबु मनु चेपाङले पठाएको पैसाबाट उनले जहाज बनाउन आवश्यक सामान किन्ने गरेका छन् ।

६ महिनाअघि प्लेन निर्माणको काम सुरु गरे पनि आर्थिक अभावकै कारण उनको लक्ष्य पूरा हुन सकेको छैन । जहाजमा ६.५ हर्सपावरको तीन वटा इञ्जिन राखिएको छ । ठूलो इञ्जिन किन्न सकिएमा अबको २० दिनभित्र प्लेन उडाएर देखाउने सरोजको दावी छ । सुरक्षित इञ्जिन भएमा प्लेन जहाँ पनि लैजान सकिने सरोजको भनाइ छ । ठूलो इञ्जिन नभए प्लेनभन्दा पहिले प्याराग्लाइडिङ उडाउने उनको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *