दार्चुला,१२ फागुन | घरबाट स्कुलको फिस तिर्न पठाएको पैसा जम्मा गरेर हेलिकोप्टर बनाएको हुँ’

दार्चुलाको नौगाड गाउँपालिका होप्रीका प्रकाश महताले हेलिकोप्टर बनाएर चर्चामा आएका हुन् । माध्यामिक तहको पढाईको लागि दार्चुलाबाट कन्चनपुर आएका प्रकाश अहिले हाइड्रो इलेक्ट्रिकल एण्ड टेक्निकल कलेजमा इलेक्ट्रिकल ओभरसेयरमा अध्यनरत छन् ।

सानैदेखि विलक्षण प्रतिभा भएका प्रकाश महताले पढ्दै गर्दा तीनवटा विद्युत उपकरण जडित रिमोटबाट चल्ने आलम्युनियम हेलिकोप्टर बनाएका हुन् । ५ फिट लम्बाई र ३ फिट उचाई रहेको हेलिकोप्टर बनाउन झन्डै ४ महिना लागेको महता बताउदै उनले भने ‘घरबाट स्कुलको फिस तिर्न पठाएको पैसा जम्मा गरेर हेलिकोप्टर बनाएको हुँ’।
घरबाट पढाई खर्च भनेर पठाएको पैसा जम्मा गरेर करिब २ लाख १७ हजारको आफ्नै लगानीमा बनाएको उक्त आलम्युनियम हेलिकोप्टर कञ्चनपुरको औधोगिक मेलाको मुख्य आकर्षक बनेको छ हेलिकोप्टर हेर्न आउँनेहरुको भिड नै लाग्ने गरेको छ ।

त्यस्तै दर्शकको रुपमा मेला हेर्न आएका गगन महरा भन्नुहुन्छ ‘१८ वर्षकै उमेरमा यस्तो ब्रिलियन्ट कला देखाउनु भनेको राज्यको लागि गौरवको कुरा हो । उनलाई राज्यले सहयोग प्रोत्साहन र सम्मान गर्नुपर्छ र यस्ता लुकेर बसेका अदभुत आविष्कारहरुलाई राज्यले संरक्षण गर्नुपर्ने उनले बताए’ ।

उक्त हेलिकोप्टरको भिडियो यहाँ हेर्नुहोला-

-पाथिभराटिभीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *