काठमाडौँ । नायिका प्रिंयका कार्की शक्तिशाली महिलाको अवतारमा चलचित्रको पर्दामा उत्रिएकी छन् । उनी अभिनित चलचित्र शत्रुगतेमा प्रियंका नेपाल प्रहरीको भुमिकामा छन् ।

मह सञ्चारको ब्यानरमा बनेको र मह जोडी, दिपकराज गिरी, दिपा श्री निरौला, पल शाह, आँचल शर्मा, किरण केसी लगायत कलाकारको अभिनय रहेको चलचित्र ‘शत्रु गते’को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । ललितपुरको कुपण्डोलस्थित ब्रिक्स क्याफेमा शुक्रबार पत्रकार सम्मेलन गरेर चलचित्र शत्रुगतेको ट्रेलर सार्वजनिक भएको हो ।

चलचित्रका निर्देशक प्रदिप भट्टराई छन् भने निर्माता किरण केसी हुन् । नायिक प्रियंका कार्कीले आफ्नो इन्स्टाग्राममा चलचित्र शत्रु गतेमा आफ्नो प्रहरी अवतारलाई झल्काउने तस्बिर पोष्ट गरेकी छन् ।

हेर्नुस् यो हो शत्रु गतेको ट्रेलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *