चैत १६ गतेबाट सुरु भएको तेस्रो गुल्मी महोत्सव सोमबार सकिएको छ । गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नारासहित गुल्मीको सदरमुकाम तम्घासमा शनिबारदेखि तेस्रो गुल्मी महोत्सव तथा कृषि, पर्यटन, व्यापार एवं औधोगिक मेला–२०७४ सुरु भएको थियो ।

महोत्सवको शुक्रबार उद्‌घाटन गर्ने कार्यक्रम रहेको भएपनि विशेष कारणले शनिबार उद्घाटन भएको हो। गुल्मी उद्योग वाणिज्य संघको आयोजना तथा विभिन्न सघं संस्थाहरूको सहयोगमा तम्घासको चिदीचौरमा महोत्सव सञ्चालन भएको थियो ।

उक्त महोत्सवमा थुप्रै ख्यातिप्राप्त कलाकारहरूले आफ्नो प्रस्तुती दिएका थिए जसमा बाल गायक आयुष केसीले पनि आफ्नो दमदार प्रस्तुती दिएका थिए। आयुषको प्रस्तुती निकै नै राम्रो थियो उनले गाएका गीतमा त्यहाँ उपस्थित दर्शकहरू झुमेका थिए।

उनले मञ्च बाहिर आएर दर्शकलाई आफूसँग नाच्न समेत आग्रह गरेका थिए र दुई दिनको जीवनमा सधैँ रमाइलो गर्न समेत भनेका थिए। हेर्नुहोसे यस भिडियोमा आयुष केसी र अरु केही चर्चित गायक गायिकाहरुको प्रस्तुती…

Leave a Reply

Your email address will not be published. Required fields are marked *