काठमाडौं । केही बर्षदेखि संगीतलाई नै आफ्नो कर्मको रुपमा अपनाउदै आएका गायक तथा संगीतकार रेशम प्रधानले आमाको मुख हेर्ने दिनको अबसर पारेर ‘आमा तिमीलाईू’ बोलको गीत युट्युबमार्फत सार्बजानिक गरेका छन् । आफ्नै स्वर, शब्द र संगीतमा रहेको उक्त गीत एक्सन फिल्मस प्रालिले बजारमा ल्याएको हो । उनले यस भन्दा अघिनै ‘फूल जस्तो उपहार’ बोलको गीत बजारमा ल्याएर चर्चा बटुलिसकेका छन् ।

पछिल्लो समय निक्कै चर्चामा रहेको गीत ‘साईली’ प्याटनमै बनेको यस गीत साईलीकै हाईटसम्म पुग्न सक्ने एक्सन फिल्मस्का निर्देशक युवराज खत्रीले बताएका छन् । परिवारसंग बिछोडिदै बाध्यताबस बिदेशी भूमिमा रहेका ५० लाख भन्दा बढी नेपाली युवायुवतीको मनोभावनालाई समेटिएर बनाईएको यस गीतबाट ठूलो आशा रहेको गायक प्रधानले बताएका छन् ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ७ का स्थायी बासिन्दा गायक तथा संगीतकार रेशम सानै उमेर देखि गायन क्षेत्रमा अत्यधिक चासो रहेको बताउने उनले आफ्नो ब्यबसाय संगै गित संगीतलाई पनि उत्तिकै निरन्तरता दिदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *