काठमाडौँ। आमा बुवा भनेको जिउँदो भगवानको प्रतिमूर्ति हुन् । मन्दिर धाउनु भन्दा जिउँदो भगवानलाई पूजा गर्दा चाहिँ उचित हुन्छ । आमा बुवाको ममताको वर्णन शब्दद्वारा गर्नै सकिन्न। असल बाटोमा हिँड्न अभिप्रेरित गर्न सक्ने पहिलो व्यक्ति आमा नै हुन् ।

यही कुरालाई स्मरण गर्दै आमाको मुख हेर्ने अघिल्लो दिन गायक लेखु सहयात्रीले ‘आमा’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । गायक सहयात्रीको स्वर तथा राजन खतिवडाको सङ्गीत रहेको गीतको एरेन्ज फणिन्द्र राईले गरेका छन् ।

गीतमा मिक्सिङ श्यामस्वेत रसाईलीले गरेका छन् । अर्जुन अधिकारीको निर्देशनमा बनेको गीतमा उत्सव दाहालको छायाङ्कन रहेको छ भने निशान घिमिरेको सम्पादन रहेको छ । गायकले आफ्नै रियल कथामा गीत तयार पारेको बताएका छन् । गीतको भिडियोमा सुशआन्त खत्री फिचर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *