उज्यालो मेडिया/बौद्धिक क्षमताका धनी तथा लाखौं आफ्ना फ्यान,फलोअर्स बटुल्दै गरेका लोकप्रिय युवा हुन् एडिसन दर्लामी मगर | लाखौं आफ्ना फ्यान,फलोअर्सको मन जित्न सफल एडिसन दर्लामी मगर पछिल्लो समय झनै भाइरल तथा सबैको लोकप्रिय बनेका छन् | देशमा घटिरहेका व्यतिथी तथा तितो यथार्थलाई व्यंग्य हान्दै त कहिले मन छुने मार्मिक गीत गाउदै उनी यति बेला लाखौं नेपालीहरुको मन मुटुमा बस्न सफल छन् | समाज, देश तथा देशको राजनीतिमा घटिरहेको तितो यथार्थ घटनालाई व्यंग्य हान्दै गीत गाउनुनै उनको विशेषता हो |

फेरी यति बेला एडिसन दर्लामी तथा साथिहरु संग भारतले नेपाल सिमाना मिच्ने तथा नेपालले जंगली हात्तिको दुखबाट सीमामा लगाएको तारवार उखेलेर फाले पछी उसको विरुद्धमा सबैलाई जागरुक बनाउने गित गाएका छन् :

नमस्ते 🙏😊समस्त नेपाली महानुभावहरुमा । आज फेरी भारतिय बिस्तारबादको बिरुद्दमा हामिले गित गाउने प्रयास गरेका छौं , जस्लाई जस्तो लाग्छ उस्तै प्रतिकृया दिनुस , मन परे share गर्न नबिर्सनुस ल !

” नेपाली एकता जिन्दाबाद्” !!

 

बिषेस धन्यबाद मेरा प्यारा भाईहरु सन्जय र सुनिश लाई ❤❤

👉अती भयो अब त सहन्नौ

हातमा दही जमार रहन्नौ

सिमा मिच्ने धोँती

एक दुई पटक हैन यार भयो सयौँ चोटि

अब यस्तै हो भने हेर धोँती मार्छौं घाँती रेटी !

भन त तेरो के हो यार चाहाना

किन मिच्छस नेपालको सिमाना ?

सबै जनता सिमामा जाँउन्

सिमा मिच्ने धोँतिलाई खेदाउन ।

यस्तै भए फाल्दिन्छौ तेरो सास

हामी हार्‍या छैन कहिँ ईतिहाँस !

जय नेपाल जय हामी नेपाली

” भारतिय बिस्तारबाद मुर्दाबाद !!

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

००० यो पनि पढ्नुहोस हेर्नुहोस :

भारतले आफै नेपाली भुमि मिच्ने अनि आफै नेपालले भारतिय भुमि मिचेको भन्दै भारतमा नेपालप्रति गलत प्रचारवाजी !

-नविन रार्इ

काठमाडाैँ । भारतले नेपालको सिमा बारम्बार मिच्दै आएको छ । अहिले पनि भारतको हस्तक्षेप जारी नै छ । यही क्रममा कञ्चनपुरको पुनर्वासमा फेरि भारतीय सुरक्षाकर्मीले ज्यादती गरेको छ ।

पुनर्वास नगरपालिका–९ मा नेपाली पक्षले भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावर नियन्त्रण गर्न विद्युतीय तरबार नेपालले लगाउन खोजेका थिए । नेपाल–भारत सीमा पिल्लर १९१ देखि १९४ सम्म नेपाली पक्षले आफ्नै भू–भागमा लगाउन खोजेको तरबार भारतीय पक्षले निकालेर फालिदिएको छ ।

यसरी नेपाललाई भारतले ज्यदती गरिहेको छ । तर भारतीय मिडियाहरूले भारतको भूमि नेपाले मिच्यो भनेर समाचार लेखेको छ ।

भारतीय कुन मिडियाले के लेख्यो ?

कञ्चनपुरको पुनर्वासमा पुनर्वास नगरपालिका–९ मा नेपाली पक्षले भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावर नियन्त्रण गर्न विद्युतीय तरबार लगाउन खोजेका थिए तर भारतीय सीमा सुरक्षा बल (एसएसबी) फालेको थियो । तर उल्टै भारतको भूमि नेपालले मिच्यो भनेर समाचार बनाएको छ । भारतीय मिडिया ‘अमर उजाला‘ हेडलाईनमा ‘भारतीय जमिन पर नेपालियों ने किया कब्जे का प्रयास’ (भारतीय भूमिमा नेपालीले कब्जा गर्न खाेज्याे ) भनेर लेखेको छ ।

‘अमर उजाला‘ले भारत-नेपाल सीमामा, नेपाली नागरिकले स्तम्भ सङ्ख्या १९४ का पुल नजिकैको भारतीय भूमि कब्जा गर्न खोजे, तर एसएसबीले उनीहरूको प्रयासलाई ध्वस्त पारे। बिस्तारै, नेपाल सभाको ठुलो सङ्ख्या स्थानमा सुरु भयो र मुद्दा समात्न थाले। नेपाली भीडलाई हेर्दै एसएसबीले उच्च अधिकारीलाई जानकारी दिए। भनेर समाचार लेखेको छ ।

अर्को भारतीय मिडिया ‘प्रभात खबर‘ले ‘नेपालियों ने की भारतीय जमिन पर कब्जे की कोसिस, हुई झड़प’ (नेपालले भारतीय भूमि कब्जा गर्न खोज्दा झडप) भनेर समाचार लेखेको छ ।

‘प्रभात खबर‘ले भारत नेपाल सीमामा नेपाली नागरिकहरूले फेरि बिहीबार हिन्दु भूमि कब्जा गर्न खोजे पछि त्यहाँ झडप भयो । यद्यपि एसएसबीले उनीहरूको प्रयास ध्वस्त पारे।

जानकारीको अनुसार, बिहीबार, अन्तर्राष्ट्रिय पेलर नम्बर १९८ क्यामेरा ब्रिजको नजिकै, नेपाली नागरिकहरूले भारतीय मिट्टीमा विद्युत् तारको साथ बार्न सुरु गरे। नेपाली सीमा बाहिर विद्युत् तार लगाएको रोक्न खोज्दा ए विवाद पछि सुरु भयो।, भनेर समाचार लेखेको छ ।

अर्को भारतीय मिडिया ‘एपिएन‘ लेख्छ नेपालीहरूले भारतीय भूमि कब्जा गर्न खोजे, सेना असफल भयो नेपालियों ने किया भारतीय जमिन पर कब्जा करने का प्रयास, सेना ने किया नाकमा भनेर समाचार लेखेको छ ।

एपिएनले नेपाली नागरिकहरूले बिहीबार भारतीय भूमि कब्जा गर्न खोजे तर एसएसबीले यो प्रयास असफल पारे। भनेर समाचारको लिडमा लेखेको छ ।

पुर्नवासमा के भएको थियो ?

पुनर्वास नगरपालिका–९ मा नेपाली पक्षले भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावर नियन्त्रण गर्न विद्युतीय तरबार लगाउन खोजेका थिए । नेपाल–भारत सीमा पिल्लर १९१ देखि १९४ सम्म नेपाली पक्षले आफ्नै भू–भागमा लगाउन खोजेको तरबार भारतीय पक्षले निकालेर फालिदिएको छ ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ३९ औँ बटालियनअन्तर्गत घोला क्याम्पबाट सयौँको सङ्ख्यामा आएका सुरक्षाकर्मीले नेपाली पक्षले लगाएको तरबार निकालेर फालेको हो । पुनर्वास नगरपालिका–९ बीचफाँटामा स्थानीयले आठ–आठ हजार रुपैयाँ उठाएर नेपाली पक्षले आफ्नै भूमिमा ३२ मिटर तरबार लगाउन थालेका थिए । २९ सय मिटरसम्म तरबार लगाइसकेपछि बाँकी भू–भागमा लगाउन खोज्दा एसएसबीले एक्कासि अवरोध गरेको हो ।

सीमा क्षेत्रमा कुनै विबाद वा समस्या देखिए दुबै देशको प्रशासन र सरकारसंग समन्वय गरी विबाद सुल्झाउने कुटनीतिक बाटो नगई भारत पटक पटक नेपालको सीमा मिच्दै आएको छ । भारतीयको दादागिरी र हेपाहा प्रबृतीकै कारण बिवाद देखिएको धेरै स्थानको समस्या समाधन हुन सकेको छैन् ।

पुनर्वास नगरपालिका ९ बीचफाँटामा नेपाली पक्षले आफ्नै भूमिमा ३२ मिटर तारबार लगाउन लागेको हाे । २९ सय मिटरसम्म तारबार लगाइसकेपछि बाँकी भू–भागमा लगाउन लागेका बेला एसएसबीले अबरोध गरेको हो । स्थानीयले ८/८ हजार रकम उठाएर तारबार लगाउन थालेका हुन् ।

आकाश पनि भारतीय अतिक्रमण

नेपालको जमिनमा मात्रै होइन आकाश पनि भारतीय अतिक्रमणबाट मुक्त छैन । नेपाल आउने जहाजका लागि थप रुट दिन भारतले लामो समयदेखि आनाकानी गर्दै आएको छ । नेपालले चाहेको रुटबाट जहाजहरू नेपाल आउँन अनुमति नदिँदा नेपाली आकाशमै लामो समय विमान होल्ड गरी राख्नु पर्ने अवस्था छ भने कतिपय अवस्था भारतको कलकत्ता एयरपोर्ट लगेर ल्याण्ड गर्नुपर्ने अवस्था छ ।

नेपाल र भारतबिच ०६६ मा वार्ता भएदेखि नै नेपालले थप हवाई रुटको माग गर्दै आउँको छ । यदि नेपालले भने जस्तो हवाई रुट खुल्न सकेमा खाडी मुलुकबाट नेपालमा हुने उडानको दुरी छोटिने छ, भने भैरहवा र पोखराको विमानस्थलमा समेत दिल्लीबाट हुने उडान समय छोटिनेछ । सात वर्षपछि हुन वार्ताका भए पनि यसबारे अझै ठोस निकर्ष निस्किएको छैन ।

कहिलेसम्म सहने यो अत्याचार ?

बषौँदेखि भारतको हेपाहा र मिचाहा प्रवृत्तिबाट प्रताडित छ नेपाल । यो सत्य हो । सिमानामा भारतीय सुरक्षा बलको दमनकारी प्रवृत्ति उस्तै छ ।
२०७३ फागुनमा कञ्चनपुरको पुनर्वास ८ मा कल्र्भट निर्माण गर्ने विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीको गोलीबाट स्थानीय गोविन्द गौतम मारिए । सो घटनापछि पनि सीमावर्ती क्षेत्रमा भारतीय पक्षको ज्यादती घटेन । त्यसपछि पनि बारम्बार सीमामा भारतीय पक्षको दमन चलिरह्यो ।

नेपाल भारत बिचको सीमा विवादले वषौँदेखि पीडित छन् नागरिक । हरेक पटक भारतले नेपाललाई सिमानाको विषयमा थिचोमीचिो गर्दै आएको छ । नेपालीहरूले सीमाको विषयमा आवाज उठाउँदा भारतीय पक्षले नेपालीहरूमाथि बल समेत प्रयोग गरेको दुखद उदाहरणहरू छन् । तर अहिलेसम्म सिमानाको विषय विवादित र अन्योल छ । सीमाङ्कनका लागि पिल्लर गाडिएका छन् । तर ती पिल्लर निश्चित सीमामा छैनन् । धेरै स्थानका सीमा ढालिएको छ भने कति हराइसकेका छन् । यही विषयमा जनताले बारम्बार गुहार्नुपरेको छ आफ्नै देशलाई, तर देश सुन्दैन । आफ्नो देशको भूगोल बचाउन नागरिक सीमामा लड्नुपर्ने मर्नुपर्र्नेे, यो कस्तो विडम्बना ।

०००

-यो पनि पढ्नुहोस :

  • भारतले नेपाली जमिनमा मात्र होइन नेपाली आकाशमा समेत अतिक्रमण गरेको छ !

१६ वैशाख, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा आकाशको अधिकार लिने र विमानहरु चल्ने बताएका छन् । भारतले अहिलेसम्म जमीनमा मात्रै होइन, आकाशमा पनि कञ्जुस्याइँ गरिरहेको बताए

‘भारतले आकाशबाट एउटामात्रै बाटो दिएको छ, वीरगञ्जबाट सिमरा परेर त्यतैबाट निस्केर जानुपर्छ,’ आइतबार प्रदेश ५ को संसदमा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘भारतले हामीलाई रुट दिनुपर्छ । अस्ति मैले भारत भ्रमणमा जाँदा पनि यो कुरा भनेको छु ।’

प्रधानमन्त्री ओलीले भने, ‘आकाशबाट एउटामात्रै बाटो दिएको हुनाले हामीलाई अप्ठ्यारो छ, किनभने भारतले एउटामात्रै बाटोबाट हामीलाई पस्न दिन्छ । जमिनमा मात्रै होइन, आकाशमा पनि कञ्जुस्याइँ गरिराख्नुपर्ने कुनै आवश्यकता होइन । हामी यो रुट लिन्छौं, विमानस्थल चल्छ ।’

नेपालले काठमाडौं बाहिर तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलहरु बनाउँदैछ । पोखरा, भैरहवा र निजगढ विमानस्थल निर्माणका लागि प्रयासहरु भइरहेका छन् । तर, भैरहवा र निजगढ विमानस्थलमा उडान-अवतरणका लागि भारतले आफ्नो आकाशको इजाजत दिन कञ्जुस्याइँ गर्दै आएको अवस्था छ ।

यो पनि पढ्नुहोस :

  • सीमा मिचिदा किन मौन छ सरकार ? भिडियो सहित !

कञ्चनपुर – भारतले ७ नम्बर प्रदेशको कञ्चनपुर जिल्लामा फेरी सिमा मिचेका छ । भारतीय निकुञ्जबाट आउने हात्तीको आंतङ्क रोक्न लगाईएको विद्यूतीय तार बार भारतको सीमा सुरक्षा बल एसएबीले विहिबार भत्काएको छ ।

एसएसबीले नेपाल प्रहरीकै अगाडी तारको पोल लगेको भिडियो समाजिक सञ्जालमा भाईरल बनेको छ ।

नेपाल भारत सीमा स्तम्भ नम्बर १९४ नजिक नेपाली भुमिमै गाड्न थालिएका पोलहरु ठुलो संङख्यामा आएका एसएसबीले भत्काएको हो ।जुन सिमा सम्बन्धी अन्तराष्ट्रिय कानुन बिपरीत छ ।

सीमा क्षेत्रमा कुनै विबाद वा समस्या देखिए दुबै देशको प्रशासन र सरकारसंग समन्वय गरी विबाद सुल्झाउने कुटनीतिक बाटो नगई भारत पटक पटक नेपालको सीमा मिच्दै आएको छ ।

भारतीयको दादागिरी र हेपाहा प्रबृतीकै कारण बिवाद देखिएको धेरै स्थानको समस्या समाधन हुन सकेको छैन् ।

  • उपत्यकाका सडकमा ढलको बाढी

ललितपुर – उपत्यकाका सडकहरुमा धुलो उड्नु पानी परे हिलो हुन सामान्य हो । अब त ढलको बाढी आउनु पनि सामान्य भईसक्यो ।
शुक्रबार साँझ भारी बर्षा भएसँगै उपत्यकाका विभिन्न स्थान तालमा परिणत भए । दिपेन्द्र बिष्टले फेसबुमा पोष्ट गरेको यो भिडियो ललितपुरको कुमारीपाटीको हो ।

सवारी चालकहरुले सडक कता छ भनि छुट्याउन सक्ने अवस्था छैन् । सडकमा भएका खाल्डाका कारण बाईकहरु लडिरहेको छन् । सर्वसाधारणले हिडन् सडक पेटी पुरै डुबेको छ ।

कुमारीपाटीसँगै कुपण्डोलको अवस्था पनि यस्तै छ । सडक ढलको बाढी छ । अनि सडकमा भएका खाल्ला खुल्डीका कारण बाईकहरु लडिरहेका छन् ।

उपत्यकाम सडक विस्तार, खाने पानी बिस्तारका लागि धेरै ठाँउमा भत्काइएको छ । बिच सडकमा खाँडल बनाइएको छ । तर पुर्ने चाँजो पाँजो नै छैन । एक दिनको बर्षामा जलमग्न हुने उपत्यका सडकको बर्खा याममा कुन अवस्था होला । त्यो सजिलै आँकलन गर्न सकिन्छ । न्युज २४

०००

-यो पनि पढ्नुहोस / हेर्नुहोस :

भारतीय सुरक्षाकर्मिको ज्यादती पछी !

जनताको जमिन मिचेर नेता पोस्ने नेपाल आर्मी आज कता छ कि नेपाल आर्मिको छातीमा गोर्खाली आत्मा मरिसकेको हो ?/चेलीको आक्रोश !-एक एक शेयर गरी साथ दिउ !

काठमाडौं / प्रदेश नं ७ अन्र्तगत कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बिचफाँटामा स्थानीयले विद्युतीय तारबार लगाउँदा भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेको छ । जंगली जनावरलाई गाउँ पस्नबाट रोक्न नेपाली भूमीमा लगाइएको तारबार भारतीय सिमा सुरक्षा बलले उखेलेरै फालेको छ । यो भिडियो देखे संगै शरिन ख्युङ्वा तामाङले आफ्नो आक्रोस फेसबुकबाट नै पोखाएकी छन् !

भारतीय ज्यादती अत्ति भो अत्ति भो

जनताको जमिन मिचेर नेता पोस्ने नेपाल आर्मी आज कता छ कि नेपाल आर्मिको छातीमा गोर्खाली आत्मा मरिसकेको हो ?? यतिसम्म हुदा अझै जनताको जमिन मिच्दै बस्ने हो तपाईं हरु ??ब्यदी हो भने नेपाल आर्मी खारिज हुनुपर्छ चाहिन्न हामीलाई जुन आर्मी आफ्नो देशको माटोलाइ सुरक्षा दिन गर्न ज्यानको बाजि लगाउदैन तेस्ता सेना पालेर राख्नु राज्यकोषको दोहन हुनु हो

भिडियो हेर्नुहोस :

०००

– यो पनि पढ्नुहोस :

भारतीय एसएसबीले दिएन हाम्रो भुमि बचाउन/तारवार लाउडा उखेलेरै फालिदियो !

महेन्द्रनगर । प्रदेश नं ७ अन्र्तगत कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बिचफाँटामा स्थानीयले विद्युतीय तारबार लगाउँदा भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेको छ । जंगली जनावरलाई गाउँ पस्नबाट रोक्न नेपाली भूमीमा लगाइएको तारबार भारतीय सिमा सुरक्षा बलले उखेलेरै फालेको छ ।

पुर्नवास नगरपालिका–९ का वडा अध्यक्ष नारायण जैशीले नेपाली भूमीमा तारबार लगाउँदा भारतीय पक्षले अवरोध गरेको बताए ।

उनले भारतीय सीमा सुरक्षा बल ३९ औँ बटालियन अन्र्तरगत घोला क्याम्पमा कम्पनी कमाण्डर फेरीएका कारण सीमा पिलर १९५ मा अवरोध सिर्जना गरेर लगाएको तारबार पनि उखेलिदिएको बताए ।

‘एसएसबीको अघिल्लो कम्पनी कमाण्डर संग तारबार लगाउने विषयमा सहमती भएको थियो’, वडाध्यक्ष जैशीले भने, ‘नयाँ कमाण्डर आएर तारबार लगाउने काममाथी अवरोध सिर्जना गरेर काम रोकियो ।’ भारतीय सीमा सुरक्षा बलका जवानले आफ्नो भूमि भन्दै तारबार लगाउनमा अवरोध पु¥याएका थिए ।

जैसीले सीमा पिलर पुनर्निर्माण तथा मर्मत गर्न लागेको नेपाल भारत संयुक्त सीमा टोलीसंग समेत यस क्षेत्रको विवाद टुङगो लगाउन अनुरोध गरिएको बताए । एसएसबीको अवरोध पछि तारबार लगाउने काम रोकिएको छ । वडाध्यक्ष जैसीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खडकासंग संयुक्त टोली मार्फत सीमा विवाद टुङगो लगाएर अघि बढ्ने छलफल भएको बताउदै वडाध्यक्ष जैसीले काम अघि बढ्ने बताए ।

यस घटनासंगै भारतीय पक्षबाट एक बर्षमा चारपटक ज्यादती भइसकेको छ । अघिल्लो फागुनमा पुनर्वास नगरपालिका–४ आनन्द बजारमा कल्र्भट निर्माणको विषयमा भारतीय पक्षबाट नेपाली नागरिक गोबिन्द गौतम मारिए । सोही ठाँउमै भारतीय पक्षबाट गत कात्तिकमा ट्रेन्च खनिएको थियो । कात्तिकमै भीमदत्त नगरपालिका–१० जिमुवामा होमपाईप बिछ्याउने बेला एसएसबीबाटै अवरोध सिर्जना भएको थियो ।

माघमा बेलौरी नगरपालिका १० सडकघाटमा सडक चौडाई गर्दा भारतीय पक्षबाट अवरोध हुँदा कामै रोकियो । यसरी भारतीय पक्षबाट श्रृखलाबद्ध हस्तक्षेप हुन थालेपछि स्थानीय आक्रोशित छन् ।

पटक पटक सीमा क्षेत्रमा भारतीय पक्षबाट ज्यादती हुँदा समेत नेपाल पक्षले कुटनीतिक पहल नगरेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
पुर्नवासका स्थानीय अगुवा लोकेन्द्र लम्सालले हालै नेपालका प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएको केही दिनमै सीमा क्षेत्रमा नेपालीमाथी ज्यादती हुनु लज्जास्पद भएको नयाँ पत्रिका दैनिकले लेखेको छ । उनले सरकारसमेत यस विषयमा गैरजिम्मेवार भएको आरोप लगाए ।

०००

-यो पनि पढ्नुहोस हेर्नुहोस :

-माछिले खाने खोली लेउ आए मत मोदी तिम्रो छेउ / थापन-थापन यो झोली,अरुण ल्याईछु कोसेली एडिसनको झटारो ओली माथी (भिडियो)

-उज्यालो मेडिया/बौद्धिक क्षमताका धनी तथा लाखौं आफ्ना फ्यान,फलोअर्स बटुल्दै गरेका लोकप्रिय युवा हुन् एडिसन दर्लामी मगर | लाखौं आफ्ना फ्यान,फलोअर्सको मन जित्न सफल एडिसन दर्लामी मगर पछिल्लो समय झनै भाइरल तथा सबैको लोकप्रिय बनेका छन् | देशमा घटिरहेका व्यतिथी तथा तितो यथार्थलाई व्यंग्य हान्दै त कहिले मन छुने मार्मिक गीत गाउदै उनी यति बेला लाखौं नेपालीहरुको मन मुटुमा बस्न सफल छन् | समाज, देश तथा देशको राजनीतिमा घटिरहेको तितो यथार्थ घटनालाई व्यंग्य हान्दै गीत गाउनुनै उनको विशेषता हो |

फेरी यति बेला एडिसन दर्लामी मगरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय भ्रमणलाई लिएर हंगामा मच्चाएका छन् |

तल हेर्नुहोस :

नमस्ते । 😄 हजुर हरुकै आग्रह हो ! जस्तो लाग्छ उस्तै प्रतिकृया दिनुस –
माछिले खाने खोलिको लेउ , आए म त मोदी तिम्रो छेउ
थाप न थाप त्यो झोली अरुण ल्याईछु कोशेली !
बेच्दिए काली बेच्दिए कोशी बेच्दिन्छु अरुण्
जनता जे जे भनुन जनता जे जे गरुन्!

भन्न त भन्ने जनताले मलाई ढल्क्यो चाईनातिर्
के ढल्किन्थे चाईनातिर तिम्रै लाग्थ्यो पिर !

भन्न त भन्छन सबले मलाई नम्मर एक गफाडि
गफै गफले पि एच डि को ल्याछु है उपाधी !!

जय नेपाल जय हामी नेपाली , नेपाली एकता जिन्दाबाद !!

०००

-यो पनि :

-४१ औं हौ प्रधानमन्त्री कहिले सम्म छैन केहि ग्यारेन्टि सुन ओली बाउ-एडिसनको व्यंग्य !

सुन ओली बाउ
मुख👅ले मात्र बोलेर हुँदैन काम गरी देखाउ!

नमस्ते 🙏🏻सम्पुर्ण मेरा साथिहरू ।😊✅✅
सर्वप्रथम प्रधानमन्त्री क केपी शर्मा ओली ज्यू लाई हार्दिक बधाई तथा शुभकामना ! कार्यकाल सफल रहोस ! उहाँ लाई मध्यनजर गर्दै गीत गाएको छु , प्रतिकृयाको अपेक्षा गर्दछु ल ! —
👉४१ औं हौ प्रधानमन्त्री
कहिले सम्म छैन केहि ग्यारेन्टि
सुन ओली बाउ
मुखले मात्र बोलेर हुँदैन काम गरी देखाउ!

पहिले धेरै देखियो चटक
त्यस्तो चटक नदेखाउ यो पटक ।

बरु हामिले भनेको मान
हावामा गफ कहिलेनी नहान ।

मै हुँ भन्न कहिल्यैनी हुन्न्
अरुकोनी पर्छ है गफ सुन्न ।

बरु आफै गएर भेट
सकभर सबै पार्टिलाई समेट ।

राम्रो गरे हुनेछ तिम्रो जीत
नेपाल पनी हुनेछ बिकसित !!

यो पनि :

एडिसन दर्लामी मगरले प्रिय पत्रकार रवी लामिछानेको निमित्त पनि एकदमै राम्रो गित गाउनु भएको छ :

पत्रकार रबि लामिछाने लाई जेल हाल्नु पर्छ : निस्चल ओखलढुंगे

|| कविता ||

पुलिसले गर्ने काम पत्रकारले गर्यो भनेर

कराउदै छन रे दुइचार ओटा चल्ला हरु

काम भन्दा कफ बडि जाली का ती हल्ला हरु

बर्दी बिना को पुलिस हो पत्रकार

राज्य को हो चौथो अङग

तिमी जस्तै आरोप हरु पनि लाउन सक्छौ

तर रबि ले अमेरिकन नागरिक को कुरा गरेका छैन

उनी अ्मेरिका बसेका थिय ज्ञान् को खोजी गर्न प्रबास पसेका थिय । रबि लाई बिदेसि भने हरु तिमी हरु बरु स्वभिमान मा बिक्न सक्छौ

डलर को आड्मा टिक्न्सक्छौ तर र रबि रबि हुन

जुनकीरी र सुर्य लाई तुलना न गर किन कि उज्यालो छर्दैमा जुनकिरि सुर्य हुदैन ।

बदर चरित्र किन देखाउछौ आजकाल त रत्नपार्क को रुख मा बस्न छाडेउ भन्ने सुनेको थिए

घर पालुवा भैरछौ भन्थे तर पहिलेको स्वबा जस्तै रैछ

तिमी चेस खेल्न आउनु भन्छेउ रत्नपार्क मा खेल्न हैन चेस कतार को ओलम्पिक जाउ चेस खेल्न चाइ नाइ हराउ भारत लाई हराउ तिमी जति

करायपनि मुकुनदे भनेर एक दुई लाख ले चिन्छन होला तर रबि ओल्ड रेकर्ड राख्न्ने नेपालि हुन सक्छौ रेक्ड तोडेर देखाउ तिमी दिल निसानी

हौ कि चील निसानी हौ

अरुको कुरा काटे जस्तो हुदैन याहा

सक्छौ भने ए गफाडी हरु रबि कै जस्ता

नया बाटा हरु जोडेर देखाउ

नेपाली को अरब को पीडा हरु बोल्छनउनि

दलाल घोस्खोरी को कर्तुत खोल्छन उनि

तिमी लाई के था तिमी कहिलै बिदेस गए को भय पो

प्रदेस को पीडा बुज्छौ अस्ट्मी गुरुङ जस्ता

हजारौं आमा बा हरु लाई सोध्नु प्रदेस मा सन्तान गुमाउदा को पीडा कस्तो हुन्छ। भनेर

सरकार बेखबर हुन्छ भने बचाउ भन्दै कराउदा पनि सुनिछ कि भनेर आफनै कान थुन्छ भने

अनि आफ्नु कलम र माइक लाई हतियार बनायर

रबि आफै फिल्ड मा न हिडे के गर्नु ।

अब हजार रबि र हजार कवि जन्मिनेछन

बल्तकारी घोस खोरी भ्रष्टाचारि लाई फाँसी हुनु पर्छ भने नबोल्ने हरु अहिले राम्रो काम गर्ने को

खेदो खन्छन देस को भलो नचाहने धमिरा हरु

सबै पत्रकार रबि हुदैन सबै लेखक कवि हुदैन

कुनै कोठे दार्सनिक र आदस बादी लाई हैन

जनता सग सिदा कुरा सुन्ने जनता लाई सोद

रबि लामिछाने कस्तो हुन भनेर

सबै पुलिस रमेस खरेल र सर्बेद्र खनाल हुदैन

सबै नेता मदन ,बि पि प्रचण्ड ओलि जस्तो कामाल हुदैन्न

फिलिम खेल्ने सबै हिरो राजेस हमाल हुदैन्न्न

न सक्तो सराब गरेर हुन्छ न टाउको पुटायर हुन्छ

भोलि हुने कुरा आज भन्दिने पत्रकार

फरक बिचार र पाटी लाई सगै जुवा हालेर जोत्ने पत्रकार न्यायाधीश , मन्त्री , प्रसासन लाई टेबल मा बोलायर देस को हरेक कुरा खोजी नीति

गर्ने पत्रकार ।

नेता देखि जनता सम्म सजक बनाउने पत्रकार

आज दुखी को कुरा गर्दा अन्य को कुरा गर्दा

घुस खोरी बलात्कारिको कुरा गर्दा गुन्डा गर्दी र

ज्यादती को कुरा गर्दा काला कर्तुत पर्दाफास गरि जनता सामु ऐना बानायर देखाउदा उनी गलत हुन भने पत्रकार रबि लामिछाने लाई जेल

हाल्न सक्नु पर्छ लोकतन्त्र को पाइला चाल्दा नेल हाल्न सक्नु पर्छ।

किन कि ! योदेस मात्र हैन दुनिया मा नै सत्य बोल्ने मान्छे माथी आरोप हरु लागेका छन

कुनै बेला जसरी पृथ्वी गोलो छ भन्ने बैज्ञानिक लाई चेप्टो छ भन्न लगायको थियो आखी संसार मा पृथ्वी गोनै साबित भयो दियो

देस सफाइ गर्ने अभियान हो बुल डोजर लगाउनु पर्दैन कलम र मायिक ले सफाइ हुनेछ

हत्या हिंसा बल्तकार समाजा को घटना लाई

सत्य तथ्य छान्मिन गरि जनता सामु ल्याउने पत्रकार

तिम्रो काला कर्तुत हरु जनता सग

सिदा कुरामा पर्दाफास हुने छैन्न ।

जाल मा पार्ने जस्तो सुकै खेल हाले हुन्छ

तिम्रो अदालत ले दोसि ठान्छ भने सक्छौ

रबि लाई जेल हाले हुन्छ ।।

।रचनाकार राज धमला निस्चल ओखलढुंगे

भिडियो हेर्नुहोस :

कविता रबि लामिछाने

रबि न पुगे ठाउँ

कवि पुग्छन भन्थे

आज कवि न पुगे ठाउँ मा

रबि बोलल्छ्न

न्याको बिगुल फुक्दै

उल्यो ज्वती छर्दै

अन्धो सरकार को

आँखा खोल्छन

घुस खोरी भ्रष्टाचारि को

खेदो गर्ने उनी

कहिले मुन्ङलान पारी को

चीत्कार सुन्छ्न

कहिले दुखी को घाउ मा

मलम लाउदै

नया जीवन दिने हित कार

हुन्छन ।।

जीवन दाउ मा लागायर

जस्तै जोखिम उनि मोल्छन

जनताको सामु अन्यको

तितो सत्य खोल्छन

धेरै बोली गिनिज बुक मा

आफ्नु नाम लेखाइ रछ्न

बोल्ने मात्र हैन्न उनी

काम गरेरै देखाइ र छन

फर्दाफास गर्छन उनी

जनता सग सिदाकुरा

न्याय दिने दाता बनी

गरि दिन्छन इछा पूरा

नियम कानुन मिचने लाई

जस्तो पनि कदम लिन्छन

छानबिन गरि सत्य

पिडित लाइ न्याय दिन्छन

नत भन्छन प्रदेस हो त्यो

न त भन्छन दिन राती

सबैले याहा भन्न थाले

रबि लामीछाने जाती

देस दुख्दा कहिले काहीँ

ठान्छन आफ्नै होयो पिर

कहिले पुग्छन बाडी पहिरो

डुबान भय तिर

राम्रो काम गर्ने लाई नै

साथ दिनु पर्छ

अगि बडन साहारा का

हात दिनु पर्छ

गल्ने छैन डल्ने छैन्न

एक्लो भनी हरेस खाइ

दिनै पर्छ सबैले साथ

रबि लामि छाने लाई

रुक्ने छैन्न उन को यात्रा

झुक्ने छैन्न कोहि शीत

झुटो साबित गरे पनि

सत्य को नै हुन्छ जित

टिक्ने छैन्न्न बिक्ने छैन्न

बेमानि का अब घात

रबि को यो मिसन लाई

करोडौं को जनता को साथ।।।

रचनाकार राज धमला निस्चल ओखलढुंगे

भिडियो हेर्नुहोस :

यो पनि :

“खानेले गाई खाए हुन्छ /पुज्नेले गाई पुजे हुन्छ्, आपसमा झगडा किन हो ? : गाइकाण्ड प्रति एडिसनको गीत(भिडियो)

नेपालमा गाइकाण्डले उग्र रुप लिदै छ | कसैले गाइ काट्नु पर्छ भन्ने छन् भने कसैले काट्न हुन्न भनेर एकआपसमा कुराहरु बाझिएका छन् | उसो त लोकप्रिय युवा एडिसन दर्लामी मगरले उक्त गाइकाण्डको विषयलाई लिएर अर्को मिठो गित गाएका छन् :

“खानेले गाई खाए हुन्छ
पुज्नेले गाई पुजे हुन्छ्,
आपसमा झगडा किन हो ?
सब नेपाली हौँ बुझे हुन्छ्! “

झोर्ले लास्सो फ्याफुल्ला दर्शन नमस्ते सेवारो छ्याजलो जोजोलोपा समस्त नेपाली महानुभाबहरु 🙏🏻😊 गित गाउने प्रयास गरेको छु पक्कै मन पराउनुहुन्छ भन्ने पुर्ण बिस्वास छ ! जस्तो लाग्छ उस्तै प्रतिकृया दिनुस तर सकरात्मक सोँच्दिनुस – जय नेपाल ! जय नेपाली एकता!

सुन्नुहोला बुवा मुवा र दिदिबहिनी दाजुभाई
हिर्दयदेखी नै आग्रह छ नेपाली जन सबैलाई!
खानेले गाई खाए हुन्छ
पुज्नेले गाई पुजे हुन्छ्,
आपसमा झगडा किन हो ?
सब नेपाली हौँ बुझे हुन्छ्!

चल्न सिकौं सब नेपाली जन समय सापेक्ष नै
देश हाम्रो अब भैसक्यो धर्म निरपेक्ष नै!

सोँच्नैपर्ने बेला भैसक्यो ए नेपालको सरकार
गाई भन्दा नि मान्छे मान्छेकै हुन्छ कि यहाँ काटमार !

जय होस हामी सबै नेपालीको !! 🙏🏻🙏🏻🙏🏻😂😂

भिडियो हेर्नुहोस :

यो पनि हेर्नुहोस :

एडिसन दर्लामी मगरले हालको नेपालको राजनीतिक अवस्थालाई इंकित गर्दै प्रधानमन्त्री ओली तथा शेर बहादुर देउवालाई व्यंग्य हान्दै एउटा गित गएका छन्,उक्त गीतमा जोजो लक्की राइले पनि साथ दिनु भएको छ |

नमस्ते सम्पूर्ण साथिहरू 😄😄🙏🏻

ल हेर्नुस न त ओली बाऊ र शेरु दाईको भिडियो, पूर्णबिस्वास छ पक्कै मन पराउनुहुनेछ्! सकरात्मक सोँच्नुस है –

ओली- भेटैमा भयो ए शेरबहादुर के छ नि समचार ?

छोडेर गयौ बालुवाटार खै छाया सरकार ?

शेरे- भेटैमा भयो ए माकाफुँई राम्रै छ समचार

माकाफुँई पस्यो बालुवाटार ए माकाफुँई हेरम्ला घाम सरकार!

ओली – म बस्छु अब कुर्चिमा हेर जनतालाई हंसाई

तिमी त गयौ ए शेर बहादुर जनतालाई तर्साई!

शेरे- कम्युनिस्ट भन्दै सरकार बनाईछ माकेको गोठाले

उखान भन्दा केही आँउदैन तिमीलाई चोठाले !

ओली – हेर्दै जाउ शेरे यो पाली अब के गर्छ ओलिले

भोकाए पनि जनतालाई मैले खुवाउछु बोलिले !!

शेरे- घाम र माम मिलेर अहिले बनेछौ ओलि बाम

कांग्रेसको सरकार फर्केर फेरी हुनेछौ परमाधाम !!

——-यो पनि :

  • मातृभूमिलाई सम्झेर पर्देशी भूमिबाट एडिसनको मार्मिक गित :प्रदेशमै जान्छ कि सास पनि, छैन अब नेताको आस पनि(भिडियो)

काठमाडौं, यति बेला नेपालीको मन मुटुमा बस्न सफल हुदै गरेका मिठो स्वरका धनी एडिसन दर्लामी मगरले हाल सम्म विभिन्न खालको गीतहरु गाउनु भएको छ | आफ्नो गित मार्फत व्यंग्यत्यामक सैलीमा गाएरै भएर पनि अरुलाई सजक गराउने सक्ने उहाको खुबीलाई मान्नै पर्छ | देशमा घटिरहेको बेथितिमाथि गित मार्फत व्यंग्यात्मक शैलीमा तेस्को उजागर गर्न खोज्नु नै एडिसनको विशेषता हो | उनले ओली ,देखि दिल निशानी,मुकुन्द हुदै ऋषि धमालालाई सम्म व्यंग्य हानेर गित गाउन भ्याईसक्नु भएको छ |

त्यसो त आज फेरी एडिसनले सात समुन्द्र पारी देश बाट नेपाली भ्रस्ट नेतालाई इंकित गर्दै निकै मार्मिक गित गाउनु भएको छ | हेर्नुहोस उनको आजको गित –

नमस्ते सम्पुर्ण साथिहरु 🙏🏻😂🙏🏻 प्रतिकृया दिनुस है !!

भनेर नि छैन केहि साध्य त

बिदेशिनु हो हाम्रो बाध्यता !

स्वदेशमा नेताले नेपाल खानै लाछ

बरु संसार भुल्न सक्छौं नेपाल भुल्न सक्दैनौ ,

यो कुरा त ति भ्रष्ट नेता लाईनी थाहा छ !

यहाँ उस्तै छ हामिलाई पिडा

रुन्छ मन नेपाल लाई सम्झिंदा!

फर्किउँ भन्छ यो हाम्रो मन

फर्कियो धान्नै मुस्किल छ जीवन !

प्रदेशमै जान्छ कि सास पनि

छैन अब नेताको आस पनि !

जय नेपाल !! जय हामी नेपाली !! नेपाली एकता जिन्दाबाद्!!

उनको कलात्मक भिडियो हेर्नुहोस –

————–यो पनि हेर्नुहोस :

साँच्चै ईङ्लिस नजान्या भा A,B,C पढ है ऋषि – गित मार्फत धमला माथी एडिसनको हमला (भिडियो हेर्नुहोस)

काठमाडौं/युवाहरु माझ अहिले लोकप्रिय भैरहेका एक युवा हुन् एडिसन दर्लामी मगर | हालसालका घटनालाई मध्यनजर गर्दै गित मार्फत व्यंग्य हान्ने उनको शैली कै कारण अडिसन युवाहरु माझ झनै लोकप्रिय हुदै गैरहेका छन् | प्रधानमन्त्री ओलीको का पिता मोहन प्रसाद ओली आफ्नो छोराको जन्म दिन भित्र मनाउन भित्र छिर्नै नपाई अलपत्र परेको विषय व्यंग्यात्मक शैलीमा मजैले व्यंग्य हानेका थिए |

उसतो दिल निशानी मगर र मुकुन्द केसी लाइ समेत दरो व्यंग्य हान्दै गित गाएका थिए | आज पनि फेरी ऋषि धमलाको विषयलाई लिएर व्यंग्य हान्दै धमला माथी हमला गर्न भ्याएका छन् | केहि दिन अघि विमान दुर्घनाको रिपोर्टिंग गर्ने क्रममा अंग्रेजीमा सोधिएको प्रश्नमा जबर्जस्ति हिन्दिमा जवाफ दिए पछि ऋषि एकाएक विवादमा तानिएका ऋषिलाई पनि एडिसन दर्लामी मगरले दरै व्यंग्य प्रहार गरेका छन् |  हेरौ उनै एडिसन दर्लामी मगरको गीत :

नमस्ते 🙏🏻 मेरा सम्पुर्ण साथिहरु 😊

हजुरहरुको आग्रह स्विकार्दै

धमला लाई हमला 😄😄

जनता जान्न चाहान्छन भन है ऋषि

साँच्चै ईङ्लिस नजान्या हो र चिच्याई चिच्याई भनेउ हिन्दिमा

नजान्या भा A,B,C अब पढ है ऋषि😄😄

सुनाई हालेउ धोँतिको भाषा

सब जनालाई ओई देखायौ तमासा!

देख्नासाथै उठ्याथ्यो रिस त

यस्ता फिस्ता ओई क्यारी हो बरिष्ठ

अरु बोले गर्दछौ हमला

आफ्नो बानी ओई सुधार धमला!! 😄😄

———यो पनि पढ्नुहोस हेर्नुहोस :

  • एडिसन दर्लामी मगर र जोजो लक्की राईको गीतले दिल निशानी र मुकुन्द घिमिरे ठहरै पर्ने भए !(भिडियो सहित)

काठमाडौं,केहि समय अघि प्रधानमन्त्री केपी ओलीको जन्म दिन मनाउदै गर्दा उनका पिता बाहिर गेटमै अलपत्र परे | भित्र ओली पत्नी संगै थुप्रै माननीयको साथमा केक काटियो तर बाहिर ओली पितालाई समेत गार्डले नचिन्दा उनी अत्तनपत्त बने | यसै विषयलाई लिएर सामाजिक संजाल मार्फत व्यंग्यात्मक शैलीमा एडिसन दर्लामी मगरले मजैले व्यंग्य हाने | त्यसो त फेरी उता दिल निशानी मगर र मुकुन्द घिमिरेलाई व्यंग्य हान्दै फेरी अर्को गित गाउन भ्याएका छन् |

आयो आयो दिले मुकुण्दे 😆😆😆

नमस्ते सम्पूर्ण साथीहरु 😄 हजुर हरुकै आग्रह हो यो ! जस्तो लाग्छ उस्तै प्रतिकृया दिनुस!

दिले – नबोलि त बस्नै सक्दिन -2

जे जे आँउछ बोल्छु मुखमा – हेर मुकुन्दे

मुकुन्दे – जस्तो हो तिमी उस्तै हो म नि -2

बोल्दै बोल्दै चढ्छु रुखमा – हेर है दिले

दिले – भन्दै हींड्थेउ यो ल्याण्ड र त्यो ल्याण्ड -२

खै त तिम्रो मुकुन्दल्याण्ड ? – भन मुकुन्दे

मुकुन्दे – के को ल्याण्डको कुरा दिलु -२

बजाईराछन मेरै ब्यान्ड – हेर न दिले

मुकुन्दे – कि फँसेउ र कसैको जालमा -२

आऊनै छोडेउ सन्जालमा – किन हो दिले

दिले – म आएनी गालीनै गर्छन – २

फर्किउं भाछ जङ्गलमा – हेर मुकुन्दे

दिले – म अबुझ हो या उनै अबुझ –

किन मलाई गर्छन हेला – भन मुकुन्दे

मुकुन्दे – धम्की आँउछ मलाई झनै -2

भेटे हाल्छु भन्छन जेलाँ – हेर है दिले

मुकुन्दे – रुखमा चढे बाँदर भने -२

कोहिले भने कुकुर चोर – हेर है दिले

दिले – दिमाग छैन दिले भन्छन

के साँच्चै म पागल होर – भन मुकुन्दे

सुन्नुहोस उक्त गित :

  • यो पनि पढ्नुहोस/ हेर्नुहोस :

“ बाबा आमा हुँदैनन सस्तो

बुझ्नै पर्छ छोरोले महत्त्व ! “

प्रधानमन्त्री केपि,

के को बर्थ डे मनाउछौँ माकाफुँई आफ्नै बाउ नभेटि!!

नमस्ते सम्पुर्ण साथीहरु 🙏🏻😄

सर्वप्रथम त सम्मान्निय प्रधानमन्त्री क. केपी शर्मा ओलि ज्यू लाई ढिलै भए पनि जनम दिनको लाखौं लाख शुभकामाना, जन्मदिनमा जे देखें त्यो गित मार्फत टपक्क टिप्ने प्रयास हो , जस्तो लाग्छ उस्तै प्रतिकृया दिनुस तर सोंच सकरात्मक होस —
आफु मस्त रमाउँदै केकमा

कठै! बाउको बिचल्ली गेटमा !

बाउ को आसा छोरोलाई भेट्ने

छोरो बाउलाई नभेटी केक रेट्ने!

आफ्नै बाउको बेवास्ता गर्ने

खै क्यारी हो जनताले भर पर्ने!

Leave a Reply

Your email address will not be published. Required fields are marked *