उर्लाबारी। सामाजिक सञ्जालमा चर्चामा रहेका झापा दमकका अशोक दर्जीको पहिलो गीत रेकर्डिङ भएको छ । मन बिनाको धन ठूलोकी धन बिनाको मन बोलको गीत केही दिन अघि मात्र रेकर्डिङ भएको हो ।

गायक टंक बुढाथोकीको सङ्गीतमा गीतको रेकर्ड भएको हो । केही दिनभित्र नै गीत सार्वजनिक गर्ने तयारी भएको अशोकका सहयोगी रुपकले जानकारी दिएका छन् ।

पहिलो गीत रेकर्ड गरेर घर फर्केका अशोकलाई परिवारले न्यानो स्वागत गरेको छ । आफ्नो छोराको पहिलो गीत रेकर्ड भएकोमा आमा बुबाले खुसी व्यक्त गरेका छन् । सबैको साथ सहयोग भएमा भविष्यमा अशोक सफल गायक बन्ने उनका बुबाले बताएका छन् । एक हप्ता अघि अशोक गीत रेकर्डिङका लागी काठमाण्डौ गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *