वैशाख २२ – केही समय अघिसम्म आणविक परीक्षण गरेर विश्वलाई थर्काइरहेका उत्तर कोरियाली नेता केही दिनयता निरन्तर नरम देखिँदै आएका छन् ।

दक्षिण कोरियाली राष्ट्रपति मून जेइ इनसँगको ऐतिहासिक वार्तापछि उत्तरले निकै नरम व्यवहार देखाउँदै आएको छ । पछिल्लो पटक उत्तर कोरियाले आफ्नो जोनलाई आधा घण्टा अगाडि सार्दै दक्षिण कोरियासँगको समयसँग मिलाएको छ । उत्तर कोरियाले शुक्रबार राति ११ः३० बजे आधा घण्टा समय अगाडि सारेको हो ।

उत्तर कोरियाली सरकारी सञ्चार माध्यम केसीएनएले भनेको छ, ‘ऐतिहासिक उत्तर–दक्षिण शिखर बैठकपछि समयलाई पुनः निर्धारित गर्नु व्यवहारिक कदम देखिएको थियो । ताकि उत्तरु तथा दक्षिण कोरिया एकै भएको भान अरुलाई दिलाउन सकियोस् ।’

सन् २०१५ सम्म दुवै देशको टाइम जोन एउर्ट थियो । त्यसपछि सम्बन्धमा आएको तिक्त्ताले उत्तर कोरियाले आफ्नो समय दक्षिणको भन्दा आधा घण्टा ढिलो बनायो । उत्तर कोरियाको राजधानी प्योङयाङमा बसेको अधिकारीहरुको बैठकले पुरानै टाइम जोनलाई सञ्चालन गर्ने निर्णय गरेको थियो ।

यसअघि प्रचारबाजीका लागि सीमा क्षेत्रमा राखिएको लाउड स्पिकर दुवै देशले बन्द गरेका थिए ।

सम्बन्धमा सुधार आएको देखेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियामा रहेका अमेरिकी सैनिकलाई फिर्ता बोलाउने निर्णय गरेका छन् । ट्रम्पले पेन्टागनलाई आदेश दिँदै दक्षिणबाट सेना फिर्ता बोलाउनका लागि विकल्प तयार पार्न भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *