सिन्डिकेटको पक्षमा आन्दोलनरत यातायात व्यवसायीका बैंक खाता नेपाल राष्ट्र बैंकले रोक्का गरेको छ । गृह मन्त्रालयको निर्णयअनुसार यातायात व्यवस्था विभागले शुक्रबार यातायात नचलाउने समितिहरुको बैंक खाता रोक्का गर्न सिफारिस गरेको थियो । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले आइतबार विभिन्न समितिको बैंक खाता रोक्का गरिएको जानकारी दिए । खाता रोक्का गर्न विवरण पठाउने क्रम जारी नै रहेकाले संख्या बढ्न सक्ने उनले बताए ।

सरकारले अनुमति दिएको खण्डमा मात्रै रोक्का गरिएको बैंक खाता फुकुवा गर्न सकिने राष्ट्र बैंकका प्रवक्ता पौडेलले बताए । ‘सरकारले खाता फुकुवा गर्न निर्देशन दिएको खण्डमामात्रै खाता फुकुवा गर्न सकिन्छ’ उनले भने । सरकारले शुक्रबार नै सिन्डिकेट पक्षधर यातायात समितिको बैंक खाता रोक्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *