काठमाडौं, ३० वैशाख । चीनले ५५ किलोमिटर लामो समुद्री पुल बनाएको छ । २० विलियन डलर लागतमा चीनले हङकङ–झाहाई–मकाउ जोड्ने समुद्री पुल बनाएको हो । यो विश्वको सबैभन्दा लामो समुद्र पार गर्ने पुल हो ।

हङकङ–झुहाई–मकाउ पुल परियोजनाका सहायक निर्देक गुओ जिङलिनले निकै कठिन परिस्थितीको समाना गरेर पुल निर्माण गरेको बताए । उनले परियोजना निर्माण पश्चात गर्व महसुस भइरहेको सुनाए ।

यो समरमा सर्वसाधरणका लागि खुला गरिने यो पुलले तीन देश चीन, हङकङ र मकाउलाई जोड्नेछ । यो पुल निर्माण गर्न सन् २००३ मा अध्ययन थालिएको थियो । तर चीनले यती ठूलो आयोजना बनाउन सक्दैन भनेर चर्चा गरिएको थियो । यो परियाजनाका बारेमा विभिन्न खालका विवादहरु समेत भए । तर, ती सबै विवादलाई चिर्दै चीनले यो परियोजना निर्माण सम्पन्न गरेको छ । यसले चीनको आत्मविश्वसा थप बलियो बनाएको बताइएको छ ।

साउथ सीका बारेमा चीन, हङकङ र ताइवानबीच तनाब जारी छ । चीनले साउथ सीमा आफ्नो दावी गरिरहेका छ । पुल निर्माण क्षेत्रीय प्रभाव विस्तार गर्ने चिनियाँ रणनीति भएको कतिपयले बताइरहेका छन् । आलोचकहरुले पुल निर्माणका बारेमा पर्यावरण र ठूलो वित्तिय लागतका बारेमा प्रश्न समेत उठाइरहेका छन् ।

यो संसारको सबैभन्दा लामो समुद्री पुल हो । हङकङ–झुहाई–मकाउ ब्रिज नाम यो परियोजनाले यस क्षेत्रमा यात्रा गर्न आधा समय कटौती गर्ने बताइएको छ । अब लगभग एक घण्टामा मकाउबाट हङकङ पुग्न सकिने छ । यो पुलमा ६ लेन र चार सुरूङ छन् ।

जसमा एक सुरूङ पानि मुनीबाट बनाइएको छ । चीनले यो पुल बनाउनका लागि चार कृति आइसल्याण्ड समेत निर्माण गरेको छ । यसलाई धेरैले इन्जिनियरिङ आश्चर्य समेत भनेका छन् । यो पुल निर्माण ष्र्न ४ लाख २० हजार टन स्टिल प्रयोग गरिएको छ । जसले ६० वटा एफेल टावर बनाउन सकिन्छ । पुलमा दैनिक चार हजार सवारी गुड्ने आशा गरिएको छ । जसमा १० मिनेटको अन्तरालमा यात्री बस कुद्नेछन् । पुलमा पैदल यात्रीले यात्रा गर्न पाउँदैछन् ।

यो बस र कारका लागि मात्रै बनाइएको हो । यो पुलको आयु १२० बर्ष रहेको बताइएको छ । पुल १५ अर्ब अमेरिकी डलरको लागतमा निर्माण भएको हो । यो परियोजनाको महँगो मूल्य, निर्माणमा ढिलाई, भ्रष्टाचार, कामदारको सुरक्षा लगायतका विषयमा विवाद खेपेको छ । पुल निर्माणका क्रममा २ कामदारको मृत्यु भएका थिए, र १९ जना गम्भिर घाइते भए ।यसको निर्माण कार्य सात बर्षमा सम्पन्न भएको हो । एजेन्सी

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *