काठमाडौं । सुन तस्करीमा संलग्न रहेकाे अाराेपमा जिल्ला अदालत माेरङमा मुद्दा चलाइए पनि बयानका लागि उपस्थित नभर्इ फरार रहेका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्रीलार्इ खाेज्न १९२ देशका प्रहरीमार्फत वारेन्ट जारी गरिएकाे छ ।

केही समयअघि त्रिभुवन विमानस्थलबाट भित्रिएर गायब भएकाे भनिएकाे ३३ किलाे सुन र त्यसअघिका अन्य घटनामा समेत एसएसपी खत्रीकाे संलग्नता देखिएकाे अनुसन्धानबाट खुल्न अाएकाे छ । सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण फरार रहेका अभियुक्त एसएसपी खत्रीलगायत तीनजना विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत वारेन्ट जारी गरिएको हाे।

नेपाल प्रहरीको सिफारिसमा फरार अभियुक्त खत्री र अन्य दुर्इजनाविरूद्ध डिफ्युजन नोटिस जारी भएको प्रहरीको इन्टरपोल शाखाले जनाएको छ । इन्टरपाेलकाे खाेजी सूचीमा खत्रीसहित सुन तस्करीका मालिक भनिएर चिनिएका मोहनकुमार अग्रवाल र चुडामणी उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेती पनि रहेका छन्।

फरार तीनैजना अभियुक्तलाई इन्टरपोलमा सदस्य रहेका १९२ देशका प्रहरीले खोजी गर्देछन् । यसअघि पनि एसएसपी खत्री ३४ किलाे तस्करीकाे सुन बरामद हुँदा पक्राउ परेका थिए, पछि अदालतबाट सफाइ पाएर उनी पुनः साेही धन्धामा लागेकाे बताइन्छ ।

साेही मुद्धमा पक्राउ परेका मुख्य अभियुक्तमध्येका एक चुडामणि उप्रेती गाेरेलगायत ६ प्रहरी अधिकृतसहित २९ जना पुर्पक्षका लागि जेल चलान भएका छन् । सुन तस्करी र सनम शाक्य हत्या घटनाको अनुसन्धान गर्न सरकारले चैत ३० मा संगठित अपराध निवारण ऐन २०७० को दफा १२ अनुसार गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको नेतृत्वमा विशेष छानबिन समिति गठन गरेको थियो। समितिकाे म्याद थप गरी अनुसन्धान जारी राखिएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *