काठमाडौं । बिगत एक दशकदेखि लण्डनमा ट्यारोट कार्ड मार्फत भबिष्य हेर्ने पेसा गर्दै आएकी क्षमता ढकालले आफूमाथि शोषण भएको भन्दै राजधानीमा पत्रकार सम्मेलन गरेकी छन् ।

ढकाल फिल्म निर्माता लक्ष्मीप्रसाद ढकालकी छोरी क्षमताले आईतबार एकाएक पत्रकार सम्मेलन गर्न पुग्दा सबै पत्रकार केही अच्चममा परेका थिए । क्षमताले पत्रकार सम्मेलनमा उक्त साप्ताहिकले कपोकल्पीत झुटा समाचार लेखेर आफ्नो बदनाम गरेको भन्दै कारवाहीको माग गरेकी छन् ।

नितान्त व्यक्तिगत जिवनका कुरालाई बंग्याएर आफुलाई बदानाम गर्न खोजिएको उनको आरोप छ । एक जना महिलामाथि एकपक्षीय रुपमा न्यूनतम पत्रकारिताको धर्म समेत निर्वाह नगरी आफुमाथि गम्भीर आरोपसहित चरित्र हत्या गरेको उनको आरोप छ । गत बैशाख ५ गते प्रकाशित उक्त साप्ताहिकले “सुन्दरीको जालमा धेरै सखाप“ शिर्षकमा समाचार लेखेको थियो ।

‘हाल बेलायतमा बसोबास गर्दै आएकी ढकाल पहिलो विवाह सफल नभएपछि सम्बन्ध विच्छेद गरी लन्डनमा बसोबास गर्दै आएकी थिइन् । बेलायतकै नेपाली व्यापारी विराज भट्टसँग विवाह गर्ने सर्तमा विगत ३ बर्ष देखि लिभिगं टुगेदर बस्दै आएकी थिइन् । क्षमताका अनुसार पहिलो विवाह असफल भएका भट्ट्ले ३ बर्षसम्म आफुलाई विवाह गर्ने भन्दै सँगै राखेर पछिल्लो समयमा अर्कै केटीसँग विवाह गर्न लागेको थाहा पाएपछि सम्बन्ध विग्रिएको उनले बताएकी छन् ।’
सोही विषयलाई लिएर विराजले उक्त साप्ताहिकलाई प्रभावमा पारेर आफ्नो चरित्र हत्या गर्न खोजेको उनको आरोप छ ।

 

पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, ‘पत्रिका सञ्चालक स्वयम प्रेस काउन्सील नेपाल जस्तो संस्थाको कार्यबाहक अध्यक्ष रहेको बेला एउटा महिलाको चरित्र हत्या गरिनु कति सम्मको अन्याय हो ?एउटा साप्ताहिक छ जुन सधै महिलाहरुको विरुद्धमा लेखेर महिलाहरुलाई आत्मा हत्यासम्म गर्न बाध्य बनाउदै आएको छ ।’

साप्ताहिकमा प्रकाशित समाचारको विषयमा प्रेस काउन्सील नेपालमा उजुरी दिएपनि कुनै सुनुवाइ नभएको भन्दै ढकालले पत्रिका संचालकलाई कडा कारवाही हुनु पर्ने माग राखिन् । यता जनआस्था साप्ताहिकका संचालक एव प्रेस काउन्सील नेपालका कार्यबाहक अध्यक्षसँग प्रकाशित समाचारको विषमा बुझ्न जादाँ आफु विदेश गएको बेला समाचार प्रकाशित भएको भनेर खासै चासो नदिएको ढकालले बताइन् ।

आफ्नो नितान्त गोप्य फोटो र मेरो बारे भ्रामक अस्त्य एक तर्फि समाचार सम्प्रेषण गरेर सिङ्गो पत्रकारिताकै खिल्ली उडाएको आरोप लगाएको छ । प्रकाशित फोटो आफ्नी गोप्य मेलमा भएको र उक्त फोटो मेल हयाक गरि चोरी गरेर भरामक मन गढन्ते समाचार छापेर पत्रकार आचार सहिताकै धज्जी उडाएको आरोप समेत लगाएकि छन ।

अरु पत्रकारलाई पत्रकारिता पत्रकार धर्म र आचार संहिताको पाठ सिकाउने प्रेस काउन्सिल जस्तो मर्या्दित ठाउँको अध्यक्ष जस्तो पदमा बसेर किशोर श्रेष्ठले आफू आबद्ध रहेको पत्रिकामा त्यस्तो कपोकल्पित एकतर्फी समाचार सम्प्रेषण गरेर पत्रकारिता पेशा माथिनै नाङ्गो नाच प्रदर्शन गरेको भन्दै आक्रोश ब्यक्त गरेकी छन् ।

प्रकाशित समाचार प्रति प्रेस काउन्सिलमा उजुरी गरि खण्डन छाप्न दिदा खण्डनलाई पाठक पत्रमा छापेर हाँसोको पात्र बनाएको र पीडितमाथी पीडा थप्ने काम गरेको क्षमताको आरोप छ ।

पीडित ढकालले झुठो समाचार प्रकाशित गरेर आफ्नो मान हानी गरेको भन्दै समाचार प्रकाशित गर्न प्रायोजन गर्ने लण्डनमा बसेर ब्यापर ब्यवसाय गर्दै आएका आफ्नो पुर्बप्रेमी सहितलाई केहीलाई मानहानी मुद्दा दायर गरीसकेकी पनि जानकारी गराएकी छन् ।

०००

यो पनि पढ्नुहोस :

पत्नी छाडेर तीन बर्षसम्म अर्कीसँग मस्ती, बिहे गर्ने बेला चाहियो भर्जिन कन्या केटी

बेलायतमा रहेर ब्यवसाय गर्दै आएका बिराज भट्टले लामो समयसम्म पत्नी बनाएर राखेका एक महिलालाई त्यागेर नेपालमा अर्को बिहे गर्ने बिहे टुंगो गरेपछि हंगामा मच्चिएको छ । बेलायतमै रहेकी काठमाडौंकी क्षमता ढकालसँग तीन बर्षदेखि पती पत्नीको सम्बन्धमा रहेका भट्टले आफुलाई भर्जिन कन्या चाहिने भन्दै अर्को बिहे गर्न लागेका हुन ।

तीन बर्षसम्म आफुसँग शारिरीक सम्बन्ध कायम राखेका भट्टले भर्जिन कन्यासँग बिवाह गर्न नेपाल आउने निधो गरेसँगै ढकालले कडा आपत्ति जननाएकी छन । उनले नेपाली समाज युकेमा आफु ढकालबीचको सम्बन्ध सार्वजनिक गर्दै तस्विर सार्वजनिक गरेपछि बेलायतमा रहेका नेपाली समुदायमा हंगामा मच्चिएको हो ।

ढकालले भट्टसँग आफ्नो शारिरीक सम्बन्ध कायम रहेको स्वीकार गरिन । ‘तीन बषदेखि हामी फिजिकल रिलेशनशिपमा छौं,’ उनले भनिन । लामो समय श्रीमान श्रीमतीकै रुपमा सम्बन्ध कायम राखेका भट्टले पहिलाको पत्नीसँग डिभोर्स सकाएर अर्को कुमारी केटीसँग बिवाह गर्ने योजना ढकाललाई सुनाएका छन । ढकालसँग आगामी दिनमा पनि पुरानै रिलेशनशीप कायम राख्ने तर बिवाह भने नेपालकी एक कुमारी कन्यासँग गरेर नेपालमै राख्ने भट्टको योजना छ ।

उनले यहीयोजना ढकाललाई सुनाएपछि घटना बाहिर आएको हो । ‘अहिले उहाँलाई फेरि कुमारी कन्या केटी चाहियो भनेर नेपालमा बिवाहका लागि हिडनुभएको छ,आफू पहिलो श्रीमतीसँग डिभोर्स गरेर अर्को केटीको भविश्य बर्वाद पार्दै हुनुहुन्छ भनेर घटना बाहिरल्याएकी हो, आफू केटी फेर्दै हिडने, बिवाह गर्न चाँही कुमारी कन्या चाहिने,’ ढकालले भनिन । ढकालका अनुसार भट्टले बिवाह गर्ने सवै तयारी पुराभएको भन्दै बुधवार नेपालतर्फ हिडेका छन ।

भट्टले आफ्नो दोस्रो बिवाह गर्ने साइत बैशाख १६ गतेका जुराएको जानकारी साथीभाईलाई गराएका छन । ढकालले फेरि अर्को नेपाली महिला कसैको बासनाकोशिकार नहुन भनेर आफ्नो इज्जत दाउमा राखेर भट्टसँगको सम्बनधबारे साथीभाईलाई जानकारी दिएकी छन ।

‘अलमोष्ट तीन बर्ष हुन लाग्यो सारिरीक सम्बन्ध भएको, उहाँ पनि पहिलाको श्रीमती छाडेको, मेरो पनि पहिलो घरबार बिग्रेको कारण डिप लभमा थियौ, सवै रिलेशन थियो, अहिले एक्कासी नेपाल गएर कुमारी कन्याकेटीसँग बिहे गरेर आउछु भन्नुभयो,’ ढकालले भनिन ।

०००

यो पनि पढ्नुहोस :

क्षमता ढकालबारे बिराज भट्टको स्वीकारोक्ति : क्षमतासँग निकटको साथी थिएँ, तर कहिल्यै पनि बिवाह गर्ने प्रतिवद्धता गरेको थिइँन

लन्डनमा रहेर ब्यवसाय गर्दै आएका ब्यापारी बिराज भट्टले युरोपमा प्रतिष्ठित ब्यापारीका रुपमा स्थापित भएकोले आफ्नो चरित्र हत्या गर्न क्षमता ढकालले अभियान चलाएको दावी गर्नुभएको छ ।

जनता टाइम्समा ढकाल र भट्टबीचको सम्बन्धलाई लिएर समाचार प्रकाशन भएपछि भट्टले सो आरोप लगाउनुभएको हो । ढकालले बिवाह गर्ने सहमतिमा तीन बर्षदेखि भट्ट र आफूबीच सारीरिक सम्बन्ध कायम रहेको र अहिले भर्जिन कक्न्यासँग नेपालमा बिवाह गर्न लागेको बताएपछि भट्टले आप्नो चरित्र हत्या भएको बताउनुभएको हो । भट्टले ढकाल आफ्नो नजिकको साथीका रुपमा रहेको पनि बताउनु भएको छ ।

यस्तो छ भट्टले पठाएको बिज्ञप्ती :

प्रिय सञ्चारकर्मीमित्रहरु,

विषयः भ्रामक समाचारप्रति सचेत रहनुहुन

विगत केही दिन देखि सामाजिक सञ्जाल र अनलाइन न्यूज पोर्टलमा मेरो नाम एक महिला क्षमता ढकालसंग जोडेर आइरहेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

हो, क्षमतासंग म निकटको साथीका रुपमा थिएं । उहांलाई अप्ठेरो परेका बेला मैले भावानात्मक तथा आर्थिक सहयोग पनि गरेको हो । तर, उहांले मिडिया र सामाजिक सञ्जालमा भने जसरी मैले कहिल्यै पनि बिवाह गर्ने प्रतिवद्धता व्यक्त गरेको थिइन् । कुनै प्रलोभन देखाएर उहांसंग फाइदा लिने मेरो मनसाय पनि रहेन ।

बरु मैले उहांलाई दुःखको बेला साथ दिएर एउटा असल र सहयोगी भावना निभाउंदा झन् उल्टो मेरो चरित्रलाई लिएर विभिन्न अड्कलबाजी तथा भ्रम फैलिएकामा ज्यादै दुःख लागेको छ । म बिवाह गर्न नेपाल जाने भन्ने समाचार पूर्णरुपमा गलत छ ।

सन् २०१५ को अन्तिमतिर उहां पाकिस्तानी तथा बंगाली समुदायका युवाबाट पीडित भइरहंदा त्यसबाट मुक्ति दिलाउन आफू नेपाली समुदाय र बिजनेशमा स्थापित भएका नाताले मैले उहांलाई नेपाली कम्युनिटीमा घुलमिल हुन प्रेरित गरें । मेरो भावनात्मक सहयोगप्रति क्षमताको परिवार समेत जानकार छ ।

उहां कयौं केटासाथीसंग नजिक भएको र म स्वयंसंग आज को संग डेट गरौंसम्मका कुरा सेयर गर्नुहुन्थ्यो । तर मैले यसमा कहिल्यै प्रेरित गरिन । कतिपयलाई भ्रम छ कि उहांले पाखुरामा बनाएको टयाटु मेरो हो । तर, त्यो भारतीय नागरिक बिराजसिंह कोलीको भएको स्पष्ट पार्न चाहन्छु र उहांको अर्को टयाटु अलीको नाममा पनि छ ।

मेरो चरित्र हत्या भएको सम्बन्धमा प्रहरीमा उजुरी गरेपछि ढकालबाट जसरी मिडियाबाजी भएको छ, यो एकदम निन्दनीय र अस्वीकार्य छ । पछिल्ला समाचारबाट मेरो चारित्रिक, पारिवारिक तथा व्यवसायिक क्षति हुन गएकोप्रति मैले कानुनी उपाचार खोज्ने गृहकार्य गरिसकेको छु ।

मिडिया आवद्ध साथीहरु,

कृपया मेरो र ढकालजीसंग सम्वन्धित समाचार प्रकाशन पूर्व स्वविवेक अपनाइ यसको गाम्भीर्यता बुझिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

बिराज भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *