इटहरी । दुई तले घरमा ४ वटा कोठा । प्रत्येक कोठा भित्र फ्रिज, आरामदायी पलङ, टिभी अनि मिनि किचन । लाग्छ यो कुनै पारिवारीक घर हो । तर वास्तविक्ता भने अलग छ यहाँ । यो घर नभई यौन व्यवसाय संञ्चालन गर्नको लागि बनाइएको सुबिधा सम्पन्न रुम हो । इटहरी ६ स्थित खेति खोला नजिक यसरी एउटा घरको दुईतले कोठा नै भाडामा लिई संञ्चालन गरेको यौन व्यवसाय तव सार्वजनिक भयो जब प्रहरीले तिनजना युवती र दुई व्यक्तिलाई यसै घरबाट रंगेहात पक्राउ गर्यो ।यस घरमा न त कुनै होटल छ न कुनै पसल । झट्ट हेर्दा सामान्य छ सबै ।

इलाका प्रहरी कार्यालय इटहरीलाई यस घरको यस्तो सुचना प्राप्त भयो कि यहाँ फ्ल्याट लिएर यौन व्यवसाय संञ्चालन भइरहेको छ । सुचना पछि डिएसपी शिवकुमार श्रेष्ठले गोप्य रुपमा यस घरको निगरानी बढाउन थाले । निजि घरमा तत्काल छापा हान्न पनि गाह्रो । निगरानी बढाएको दुई दिनपछि ४ जना युवती घर आसपास देखिन थाले ।

आकर्षक पहिरनमा सजिएका युवतीसँग दुई व्यक्ति कुराकानी गरेपछि घरमाथि चढ्छन । आधा घण्टा पछि निगरानी गरिरहेको सिभिल र पोसाकधारी प्रहरीले घरमा छापा हान्छ । छापा हान्न गएको प्रहरी तिनछक्क पर्छ जब हरेक कोठा बाहिरबाट ताला लगाईएको देख्छ । ४ जना युवती सहित दुई व्यक्तिलाई पछ्याउदै छिरेको प्रहरीले सबैलाई नभेटेपछि बन्द कोठा तिर ध्यान केन्द्रित हुन्छ । प्रहरीले बन्द कोठा फोडेपछि मात्र भित्र भइरहेको यौनको रासलिलाको पर्दाफास हुन्छ ।

प्रहरीले रंगेहात उनिहरुलाई पक्राउ गर्छ । अनुसन्धानको क्रममा जोडी रुममा प्रबेश गरेपछि बाहिरबाट अर्काे युवतीद्धारा ताला लगाइदो रहेछ । सबै काम तमाम् भएपछि मात्र उक्त रुम खोलिदो रहेछ, त्यो पनि फोनको ईशाराबाट । घर आसपाँसका स्थानियहरुलाई यहाँ यस्तो व्यवसाय संञ्चालन हुन्छ भन्ने हेक्का पनि थिएन । तिन तलामा घरबेटी बस्ने भएपनि आफन्तहरु आउजाँउ गरेको हुन सक्ने भन्दै त्यति वास्ता गरेका थिएनन् ।

इटहरी प्रहरीले कोठा भाडामा लिएर यौन व्यवसाय संञ्चालन गर्ने मुख्य महिला पवित्रा राजवंर्शी रहेको दाबी गरेको छ । घरबेटीको बयानको क्रममा पनि राजवंशीले महिनाको २० हजारमा दुई तले घर भाडा लिएको पुष्टि गरेको छ ।

पवित्रा राजवंर्शी अहिले फरार छिन ।

उनलाई यौन व्यवसाय संञ्चालन गरेको अभियोगमा यस अघि पनि ५ पटक इटहरी प्रहरीले पक्राउ गरिसकेको पेशेवर महिला हुन ।

प्रहरीले यौन व्यवसाय गर्ने बिरुद्ध आक्रमक बनेपछि व्यवसाय संञ्चालन गर्ने शैलीमा पनि परिवर्तन गरेको डिएसपी श्रेष्ठ बताउछन ।
‘प्रहरीलाई झुक्याएर कुनै पनि गैरकानुनी व्यवसाय संञ्चालन गर्न पाईदैन,’ उनले भने ‘प्रहरी सदैव सचेत छ’ ।

कोठा भाडामा लिएर यौन व्यवसायमा संलग्न हुनुेहरु प्राय विवाहित महिला र कलेज पढ्ने बिद्यार्थी छन । पक्राउ परेकाहरुको कसैको श्रीमान ड्राईभर कसैको वैदेशिक रोजगारमा बाहिर रहेको अनुसन्धानबाट देखिएको डिएसपी श्रेष्ठले बताए । साथै श्रेष्ठले कोठा भाडामा लिएर शंकाष्पद गतिबिधि गरे प्रहरीलाई जानकारी गराउन आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *