सुनवर्षी २१असोज , सोमबार
मोरङ को सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशीले नगरवासीसँग गरेको बाचा पुरा गरेका छन् । दशैँसम्ममा अमरदहको जिर्ण सडक कालो पत्रे बनाइसक्ने प्रतिवद्धता गरेका मेयर राजवंशीले आफ्नो बाचा पुरा गरेका हुन् ।
अमरदह बजारमा सडक जिर्ण बनेर जनतालाई सास्ती हुँदै आएको थियो । जिर्ण सडककै कारण कठिनाई भएपछि नगरवासीहरुले कालेपत्रे सडक बनाउन माग गर्दै आएका थिए ।
मेयर राजवंशीले केही समय अघि दशैँसम्म कुनै हालतमा उक्त सडक पिच बनाएर छाड्ने नगरवासीसँग बाचा गरेका थिए । सोही अनुुसार अमरदहमा द्रुत गतिमा कालोपत्रे सडक बनेको हो ।
अमरदहमा खाल्डाखुल्डी, हिलो र धुलोले स्थानीय आजित बनेपछि मेयर राजवंशी पहलमा उक्त सडक कालोपत्रे बनेको हो । सडक कालोपत्रे भएसँगै स्थानीवासी हर्षित भएका छन् । ‘मेयर सा’बले अमरदहमा जसरी पनि दशैँसम्म पिच सडक बनाउँछौँ भनेर सार्बजनिकरुपमै प्रतिवद्धता गर्नुभएको थियो ।’ मेयर साब ले बोलेको बाचा यसरी पूरा गर्दा पक्कै पनि सुनवर्षी ले बिकास को गति पाउने मा विश्वस्त रहेको एक स्थानीयले भने,‘उहाँले बोल्नु भएको पुरा गर्नुभयो । हामीलाई निकै खुशी लागेको छ ।’लामो समय देखि नबनेको उक्त सडक कालोपत्रे हुँदा व्यापार पनि बढ्ने व्यापारीहरुको भनाइ छ।
त्यसै गरी निर्माणधिन अवस्थामा रहेको उक्त सडकको गुणस्तरीयता मा कमी नहोस् र अपेक्षा अनुरूप को कामका लागि मेयर श्याम प्रसाद राजवंशी आफै निर्माणधिन स्थल पुगेका थिए। भने वडा नं ३ का वडाध्यक्ष अतनकुमार बुढाथोकी, वडा नम्बर ६ का वडाध्यक्ष कमल मोक्तान र २ नम्बर वडका वडाध्यक्ष विनोद राजवंशी उप प्रमुख मिरा देवी दास सहित को उपस्थिति रहेको थियो।