April 8, 2025
1230x100

रङ, उमङ्ग र भाइचाराको उत्सव: नेपाल-भारतसहित विश्वभर होलीको रौनक!”

Gif-900x100-1

रङ, उमङ्ग र भाइचाराको उत्सव: नेपाल-भारतसहित विश्वभर होलीको रौनक!”

केसब बराल

काठमाडौं, 2081 फागुन 29 – नेपाल, भारतसहित अन्य हिन्दू धर्मावलम्बी देशहरू तथा विश्वभर होलीको उल्लासपूर्ण रौनक छाएको छ। नेपालका पहाडी क्षेत्रमा आज होली मनाइँदैछ भने तराई-मधेसमा 2081 चैत 1, शुक्रबार भव्य रूपमा मनाइनेछ। यस रंगीन पर्वमा नेपालीहरूसँगै विदेशी पर्यटकहरू पनि हर्षोल्लासका साथ रमाइरहेका छन्। आपसी मेलमिलाप, प्रेम र नयाँ ऊर्जा फैलाउने यस पर्वमा सम्पूर्ण नेपाली रमाइलो गरिरहेका छन !

होलीको पौराणिक कथा र महत्त्व

होली पर्वको उत्पत्ति हिरण्यकश्यपु, प्रह्लाद र होलिका को कथासँग जोडिएको छ। हिन्दू धार्मिक मान्यताअनुसार, अत्याचारी राजा हिरण्यकश्यपुले आफ्नो छोरा प्रह्लादलाई मार्ने षड्यन्त्र गर्दै आफ्नी बहिनी होलिकालाई आगोमा प्रह्लादलाई लिएर बस्न लगायो। तर भगवान विष्णुको कृपाले प्रह्लाद सुरक्षित रहे भने होलिका नै जलेर नष्ट भइन्। यही सत्यको विजयलाई प्रतीक बनाएर होली दहन गर्ने परम्परा चल्दै आएको छ।

यस पर्वले सत्यमाथि असत्यको विजय, अन्धकारमाथि प्रकाश, र द्वेषमाथि प्रेमको जित को सन्देश दिन्छ।

नेपालमा होली मनाउने परम्परा

नेपालमा होली विभिन्न समुदायमा आ–आफ्नै शैलीमा मनाइन्छ।

पहाडी क्षेत्रमा:
होलीको सुरुवात फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा “चीर” गाड्ने परम्परा बाट हुन्छ। फाल्गुन पूर्णिमाका दिन त्यो चीरलाई जलाएपछि होली पर्वको समापन हुन्छ।

तराई क्षेत्रमा:
तराई-मधेसमा होली पहाडभन्दा एक दिनपछि मनाइन्छ। त्यहाँ यो पर्व अझै बढी साँगीतिक माहोल, नाचगान र रंग-अबिरको वर्षा गर्दै भव्य रूपमा मनाइन्छ।

यस दिन घरघरमा , सेलरोटी, खिर, पुरी, जस्ता मिठा परिकार तयार पारिन्छन्। परिवार, साथीभाइ, नातेदारहरूसँग रङ्ग खेल्दै आनन्दमय वातावरण सिर्जना गरिन्छ।

होली खेल्दा यी कुरामा ध्यान दिनुहोस्

होली रमाइलो गर्ने पर्व भए पनि सुरक्षा सतर्कता अति आवश्यक छ। यी कुरामा ध्यान दिन जरुरी छ:

प्राकृतिक रङ्ग प्रयोग गरौं – रसायनिक रङ्गले छालामा एलर्जी तथा असर गर्न सक्छ।
शरीरलाई धेरै नचोटिने गरी होली खेलौं – जबरजस्ती रङ लगाउनु वा पानी छ्याप्नु दुर्व्यवहार हुन सक्छ।
मादक पदार्थको सेवन नगर्ने – होलीको उमङ्गमा मदिरा सेवनले दुर्घटनाका सम्भावना बढाउँछ।
सवारी साधन सावधानीपूर्वक चलाऔं – होलीको समयमा धेरै ठाउँमा दुर्घटना हुने भएकाले सचेत रहन आवश्यक छ।
बालबालिका र वृद्धवृद्धालाई विशेष ध्यान दिऔं – भीडभाड तथा जथाभावी रङको प्रयोगले उनीहरूलाई असहज हुन सक्छ।

होलीको सन्देश: प्रेम, सद्भाव र एकता

होली केवल रङ्गहरूको उत्सव मात्र होइन, समाजमा प्रेम, सद्भाव र भाइचाराको सन्देश फैलाउने अवसर पनि हो। जात, धर्म, वर्ग, उमेरको भिन्नतालाई बिर्साएर सबैलाई एउटै रंगमा रङ्गाउने यो पर्वले शत्रुतालाई बिर्साउने र नयाँ मित्रताको सुरुवात गर्ने प्रेरणा दिन्छ।

यस रंगीन पर्वको अवसरमा देश-विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीलाई सुख, शान्ति, समृद्धि र आपसी मेलमिलापको शुभकामना!

रङ्गको यो पर्व मनाऔं,
माया र सद्भाव फैलाऔं।
सुख, शान्ति, समृद्धि ल्याओस्,
सधैंभरि हर्ष छाओस्!
होलीको धेरै धेरै सुभकामना!”

रङ्गहरूमा हराऔं, खुसीका रंगहरूमा बगौँ!

900X1002

सम्बन्धित खबरहरु

IMG-20240718-WA0003

भर्खरै