समाज रुपान्तरणको यात्रामा सामाजिक अभियन्ता तिलक बटाला
सुदुरपश्चिम प्रदेशको अछाम जिल्लामा जन्मिएका तिलक बटाला एक सामाजिक अभियन्ता हुन । विगत पाँच बर्ष देखी उनि निस्वार्थभावले निरन्तर समाज सेवा गर्दै आईरहेका छन । विभिन्न संघसंस्थाको सहयातले हजारौ पीडितहरुको पीडामा मलम पट्टि लगाउँदै अहिले ऐना फाउन्डेशन स्थापना गरी संस्थापक अध्यक्षका रुपमा कार्यरत छन् ।
पछिल्लो केही समय यता विपन्न समुदायका नागरिकका लागी विभिन्न तालिम, वकालत गर्दै चुडिएका कोपिलाका लागी चाँड र पर्व परियोजना मार्फत अछाममा कपडा वितरण गरेका थिए । ऐना फाउन्डेसनको संस्थापक भएर काम गरिरहेका तिलकले आफ्नो जीवन सामाजिक कल्याणका गतिविधिहरूमा समर्पित गर्नुभएको छ।
देशको विकासमा विपन्न समुदायका बालबालिका तथा किशोरकिशोरी प्रतिको लगानीमा यहाँले दिनु भएको योगदान निकै महत्वपुर्ण रहेको छ । उनले देशको कुना कन्धरामा पुगेर बालबालिका तथा किशोरकिशोरीहरुका समस्या र सपनामा मलम लगाइररहेका छन् ।
समाज रुपान्तरणको सपना बोकेका तिलकले नेपालको विभिन्न भुगोलमा बसोवास गर्दै आईरहेका बालबालीका, अपाङ्गता अवस्था भएका व्यक्ति, पिछडिएको समुदायका व्यक्तिहरुलाई मलम लगाउने कार्य समेत गरिरहेका छन् ।
उनले त्यसको मेरुदण्डका रुपमा ऐना फाउन्डेशनलाई अघि सारेका छन् । ऐना फाउन्डेशन मार्फत थुप्रै कार्य सफलता पुर्वक सम्पन्न गरेका तिलकले राज्यबाटै अपहेलियत भएको तथा दुर्गम जिल्ला अछामबाट संघीय राजधानी काठमाडौंसम्म भविष्यको यात्रा सुरु गरेका तिलकले सुरुवाती चरणमा राजनीति, शिक्षा र अर्थतन्त्रका विभिन्न चुनौतीहरु सामना गर्नु परेको थियो ।
तर उनले आफ्नो यात्राको प्रतिबिम्ब जोश, लगनशीलता र परोपकारलाई एक प्रेरणादायीक ज्योतिको रूपमा उभिएका छन्। बटालाले नेपालमा परिवर्तन निर्माताको रूपमा विपन्न समुदायका बालबालिकाहरूलाई प्रेरणा दिइरहेका छन् ।
उनले दिएको सामाजिक योगदान, नेतृत्व र भुमीगत राजनितीको दृष्टिकोणले धेरै जस्ता युवाहरुलाई प्रेरणा मिलिरहेको छ । सामाजिक क्षेत्रमा प्रवल रुचि राख्दै अहिले त्रिभुवन विश्वविधालयमा सामाजिक कार्य केन्द्रिय विभागमा अध्ययनरत गर्दै आईरहेका छन ।
समाजको ऐनालाई प्रस्ट देखाउने संकल्प गरेका तिलकले आफ्नो जीवनकालभरी समाज परिवर्तनको यात्रामा लागि पर्ने प्रहण गरेका छन ।
उनि भन्छन मान्छेमा अनुभव कि पढेर सिकिन्छ, कि परेर सिकिन्छ, आज म जुन ठाउॅमा छु त्यो ठाउॅमा म परेर आएको हॅु । त्यसैले मिहिनेत नै सफलता हो । सफलता पाउन मन्दिर जानु पर्दैन मान्छेको मन नै मन्दिर हो । यस मनोवल सँगै उनको बिस्तारै पहिचान फराकिलो हुँदै गयो र उनको कामको प्रशंसा हुन थाल्यो ।
जसका कारण अहिले सामाजिक अभियन्ताको रुपमा माया पाइरहेका छन।
उनि भन्छन पहिले घरमा जाँदा व्यक्तिले नचिनेको मान्छे अहिले घरमा जाँदा समाजले तालि पिटछ । उनले भने विगतको दिनमा पाइलापाइलामा दुःख खेपे पनि आज सामाजिक अभियन्ताको रुपमा थोरै भए पनि माया पाएको छु मैले पाएको माया हाम्रो समाजले पाएको महसुस गरेको छु ।