January 8, 2026
1230x100

भिआइपी

भिआइपी
Gif-900x100-1

टेकनाथ नेपाल

आमा यो भिआइपी शब्द तपाईंले राखिदिनु भएको हो
यो भिआइपी त अचम्मको पो रहेछ
जब तपाईँलाई दिनैपिच्छे दुःख दिन्छ
अनि भन्छ मैले भनेको आमाले पनि त मान्नै पर्छ
त्यही भएर त म भिआइपी अचम्मको भाको ।

भिआइपी गाडीमा हिँड्छु हर्न बजाउँछु
अगाडि पछाडि सुरक्षा खटाउँछु
अनि कुर्सीमा अर्को बस्यो की भनेर
हतार हतार गरेर कुर्सीमा बस्न पुग्छु
खै आमा यती हतार किन गर्छु ।

अनि भन्न थाल्छु जनताको काम गरेको छु
बजेट मेरो जिल्लामा मात्र राखेको छु
जनताको नाममा छारो हान्ने काम गरेको छु
त्यसैले त हो आमा यो भिआइपी अचम्मको भाको छु
जब तपाईंलाई दिनै पिछे दुःख दिइरहन्छु ।

आज पनि त भिआइपी सवारी छ
भन्छु सबै बाटो खाली गराउँछु
भिआइपीलाई डिस्टर्ब गरो भने लाठी चार्ज गर्न लगाई दिन्छु
कसैले केही भनो भने मुख थुन्न लगाइदिन्छु
हो आमा यो भिआइपी अचम्मको भाको छ
जब तपाईंलाई दिनै पिछे दुःख दिन्छ ।

म भिआइपी हो भनेर रातो पार्सपोट देखाउँछु
ताल परे त्यही पार्सपोट पैसामा बेचिदिन्छु
ताल नपरे नेपालीलाई नै भुटानी बनाइदिन्छु
ताल परे विदेश तिर हराइदिन्छु
अनि भन्न थाल्छु यो देशमा काम छैन
भिआइपीको अर्थ मलाई नै थाहा छैन
हो आमा यो भिआइपी अचम्मको भाको छु
त्यही भएर आमा म तपाईँलाई दिनैपिच्छे दुःख दिन्छु ।

900X1002

सम्बन्धित खबरहरु

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।

IMG-20240718-WA0003

भर्खरै

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।