June 24, 2026
1230x100

१० हजार भूमिहीनको भविष्य सुरक्षित गर्ने अभियान : चौदण्डीगढी नगरपालिकामा प्रमाण–पुर्जा वितरण सुरु!!

१० हजार भूमिहीनको भविष्य सुरक्षित गर्ने अभियान : चौदण्डीगढी नगरपालिकामा प्रमाण–पुर्जा वितरण सुरु!!
Gif-900x100-1

आवाज मिडिया HD

उदयपुर सम्बादाता

२०८२/९/३०

 

भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई भोगाधिकार दर्ता प्रमाण–पुर्जा वितरण सुरु

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाले पालिकाभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको दीर्घकालीन समस्या समाधानतर्फ ठोस कदम अघि बढाएको छ।

वर्षौँदेखि स्थानीयले भोगचलन गर्दै आएको ऐलानी जग्गाको नापजाँच, श्रेस्ता तयारी, नक्सा निर्माण तथा तीन पुस्ते विवरण सङ्कलनको प्रक्रिया पूरा गरी नगरपालिकाले भोगाधिकार दर्ता प्रमाण–पुर्जा वितरण सुरु गरेको हो।
यसै क्रममा बुधबार चौदण्डीगढी नगरपालिका वडा नं. २ का १२३ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई भोगाधिकार दर्ता प्रमाण–पुर्जा वितरण गरिएको छ।

 

!

कार्यक्रममा बोल्दै चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख कालुमान लामाले भूमिहीन नागरिकको समस्या समाधान नगरको प्राथमिकता रहेको बताउनुभयो। उहाँले भन्नुभयो,
“वर्षौँदेखि राज्यको पहुँचबाहिर रहेका नागरिकलाई कानुनी रूपमा भोगाधिकार सुनिश्चित गर्नु हाम्रो दायित्व हो। चरणबद्ध रूपमा सबै योग्य भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई प्रमाण–पुर्जा वितरण गरिनेछ।”

नगरपालिकाका अनुसार १० वटा वडा रहेको चौदण्डीगढी नगरमा झण्डै १० हजार जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेका छन्। नगरले समावेशी र दिगो भूमि व्यवस्थापनमार्फत नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्य लिएको जनाएको छ।

900X1002

सम्बन्धित खबरहरु

IMG-20240718-WA0003

भर्खरै