December 23, 2025
1230x100

काठमाडौंको टुँडिखेलमा माघे संक्रान्ति भव्य रूपमा सम्पन्न

काठमाडौंको टुँडिखेलमा माघे संक्रान्ति भव्य रूपमा सम्पन्न
Gif-900x100-1

काठमाडौंको टुँडिखेलमा माघे संक्रान्ति भव्य रूपमा सम्पन्न

 

केशव बराल  काठमाडौं, माघ १ – काठमाडौंको ऐतिहासिक टुँडिखेलमा माघे संक्रान्ति पर्व हर्षोल्लासपूर्वक सम्पन्न भएको छ। गुरुङ, मगर, नेवार, थारु लगायत विभिन्न जातजातिको सांस्कृतिक र धार्मिक महत्व बोकेको यो पर्वलाई विशेष गरि ‘माघी’ र ‘माघे संक्रान्ति’ का रूपमा मनाइन्छ।

 

भव्य रूपमा सुसज्जित टुँडिखेलमा परम्परागत नृत्य, बाजागाजा र स्थानीय परिकारहरूको प्रदर्शनीले उपस्थित सबैलाई मन्त्रमुग्ध बनायो। ठेकीको दही, तिलको लड्डु, चाकु, र तरुलजस्ता विशेष परिकारहरूलाई चाख्दै उपस्थित दर्शकहरूले पर्वको विशेष स्वाद अनुभव गरे।

 

माघे संक्रान्तिले सबै जातजाति र समुदायलाई एकताको सूत्रमा बाँध्ने भएलाले । साथै, विभिन्न सांस्कृतिक भेषभुषा प्रदर्शनले नेपालको विविध सांस्कृतिक सम्पदालाई झल्काएको थियो।

परम्परागत मान्यताअनुसार, माघे संक्रान्ति मनाउँदा आयु वृद्धि, स्वास्थ्य सुधार र समृद्धिको कामना गरिन्छ। यस अवसरमा बिहानै नुहाइधुवाइ गरी भगवान विष्णुको पूजा गर्ने परम्परा छ।

 

स्थानीय गुरुङ समुदायले पर्वको अवसरमा परम्परागत रोधी कार्यक्रम आयोजना गरे भने थारु समुदायले विशेष माघी भोजको आयोजना गरेर संस्कृति र परम्पराको जगेर्ना गरे।

 

यसरी काठमाडौंको टुँडिखेलमा भव्य रूपमा सम्पन्न माघे संक्रान्तिले जातीय र सांस्कृतिक विविधतालाई सम्मान गर्दै सबैलाई हर्षित बनाएको छ।

900X1002

सम्बन्धित खबरहरु

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।

IMG-20240718-WA0003

भर्खरै

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।