April 12, 2025
1230x100

चौदण्डीगढी नगरपालिका वडा नम्बर –८, बिरेन्द्रबजार स्थित कृषि बजार निर्माणका लागि रु. १० लाख बजेट विनियोजन!

चौदण्डीगढी नगरपालिका वडा नम्बर –८, बिरेन्द्रबजार स्थित कृषि बजार निर्माणका लागि रु. १० लाख बजेट विनियोजन!
Gif-900x100-1

चौदण्डीगढी नगरपालिका वडा नम्बर –८, बिरेन्द्रबजार स्थित कृषि बजार निर्माणका लागि रु. १० लाख बजेट विनियोजन!

उदयपुर केसब बराल

 

चौदण्डीगढी नगरपालिका–८, बिरेन्द्रबजारमा कृषि बजार निर्माणका लागि चालु आर्थिक वर्षमा रु. १० लाख बजेट विनियोजन गरिएको छ। यो योजना वडा नं. ८ को गौरवको योजना अन्तर्गत क्रमागत रूपमा निर्माण कार्य अघि बढाइनेछ।

 

स्थानीय कृषकहरूको उत्पादनलाई उचित मूल्य दिलाउने र बजार पहुँच सुनिश्चित गर्ने उद्देश्यले कृषि बजारको निर्माण थालिएको चौ न पा नगरपालिका मेयर र वडा नम्बर ८ का वडा अध्यक्ष भगनाथ मगर र सोही वडा का वडा सदस्य अरुण कुमार मगर ले बताउनु भयो । यसले किसानहरूलाई प्रत्यक्ष फाइदा पुग्नुका साथै कृषि व्यवसाय प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

 

वडा अध्यक्ष तथा स्थानीय जनप्रतिनिधिहरूले यस योजनाले कृषि क्षेत्रलाई थप व्यवस्थित र व्यावसायिक बनाउन मद्दत गर्ने भन्दै निर्माण कार्यको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालाहरूलाई सहकार्य गर्न आग्रह गरेका छन्। योजना सम्पन्न भएपछि बिरेन्द्रबजार क्षेत्र स्थानीय उत्पादनको मुख्य व्यापारिक केन्द्रका रूपमा विकसित हुने अपेक्षा गरिएको छ।

900X1002

सम्बन्धित खबरहरु

IMG-20240718-WA0003

भर्खरै