April 12, 2025
1230x100

राजा ज्ञानेन्द्र शाह को अपिल: “राष्ट्र जोगाउन सबै नेपाली एकजुट बनौं”

राजा ज्ञानेन्द्र शाह को अपिल: “राष्ट्र जोगाउन सबै नेपाली एकजुट बनौं”
Gif-900x100-1

राजा ज्ञानेन्द्र शाह को अपिल: “राष्ट्र जोगाउन सबै नेपाली एकजुट बनौं”

काठमाडौं – नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय एकताको आवश्यकता औंल्याउँदै सम्पूर्ण नेपाली नागरिकलाई साथ दिन अपिल गरेका छन्। हालै सार्वजनिक एक वक्तव्यमा उनले राष्ट्रको समृद्धि र उन्नतिको लागि सबै पक्षलाई एक ठाउँमा ल्याउने आफ्नो अभिलाषा रहेको बताए।

उनले भने, “अब समय आयो, राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिन सबै देशबासीहरूलाई आह्वान गर्दछौं। हामीबाट अरू के के त्याग गर्नुपर्ने हो, हामी तयार छौं।”

पूर्वराजाले राष्ट्रिय एकता कायम राख्दै देशलाई समृद्ध बनाउने लक्ष्यप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याए। उनले देश र जनताको हितलाई प्राथमिकता दिँदै सबै नेपालीलाई एकताको भावना मजबुत बनाउन आग्रह गरे।

यो अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले यसलाई राष्ट्रियताप्रति समर्पित अभिव्यक्ति भनेका छन् भने अन्यले यसलाई वर्तमान राजनीतिक परिस्थितिसँग जोडेर हेरिरहेका छन्।

नेपालको समसामयिक राजनीतिक परिदृश्यमा पूर्वराजाको यो अभिव्यक्ति कत्तिको प्रभाव पार्छ भन्ने समयले नै देखाउनेछ।

900X1002

सम्बन्धित खबरहरु

IMG-20240718-WA0003

भर्खरै