March 5, 2026
1230x100

कुलमान घिसिङलाई हटाउने निर्णय गलत र आपत्तिजनक: प्रचण्ड

कुलमान घिसिङलाई हटाउने निर्णय गलत र आपत्तिजनक: प्रचण्ड
Gif-900x100-1

कुलमान घिसिङलाई हटाउने निर्णय गलत र आपत्तिजनक: प्रचण्ड

 

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएको खबर सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कडा आपत्ति जनाएका छन्।

 

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिसिङको नेतृत्वमा नेपालले लोडसेडिङ अन्त्य गरेको र विद्युत आपूर्तिमा उल्लेखनीय सुधार ल्याएको स्मरण गराएका छन्। उनले भने, “देशभर चरम लोडसेडिङ भइरहेको बेला उर्जा विज्ञका रूपमा हाम्रो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। हाम्रो सरकारको योजना र उहाँको विज्ञता तथा क्षमताले नेपाल उज्यालो बनाउन सफलता प्राप्त गरेको कुरा सबैलाई जानकारी छ।”

 

प्रचण्डका अनुसार, विद्युत प्राधिकरणको बक्यौता उठाउनुपर्ने अडान लिँदै आएका कारण घिसिङलाई सरकारले पटक–पटक स्पष्टीकरण सोध्दै दबाब दिइरहेको थियो। “सरकारले लामो समयदेखि उहाँलाई पदबाट हटाउने उद्देश्य राखेर अन्याय गर्दै आएको थियो, तर आज मन्त्रिपरिषद् बैठकबाट बर्खास्त नै गरिएको भन्ने खबर सार्वजनिक भएको छ।”

 

पूर्वप्रधानमन्त्री प्रचण्डले आशा व्यक्त गर्दै भने, “आशा गरौँ यो खबर असत्य होस्। यदि सत्य भएमा, सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ। दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयको घोर निन्दा गर्दछु र यसको प्रतिरोध गर्न सबैलाई आग्रह गर्दछु।”

 

यस विषयमा सरकारको आधिकारिक धारणा भने आउन बाँकी छ।

900X1002

सम्बन्धित खबरहरु

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।

IMG-20240718-WA0003

भर्खरै