नृत्य निर्देशनको कमानड किरातीलाई – उदयपुरमा नयाँ नेतृत्व चयन
२०८१ चैत २३ | उदयपुर
आवाज मिडिया सम्बादाता
- नृत्यकलाको क्षेत्रमा सक्रिय प्रतिभाशाली कलाकार प्रेम जङ्ग किराती अब नृत्य निर्देशक संघ उदयपुरको अध्यक्ष बनेका छन्।
आज चौदण्डीगढी–६, बेल्टारस्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न संघको पहिलो अधिवेशनले किरातीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।
नयाँ कार्यसमितिमा उपाध्यक्ष दिनेश लामा, सचिव निमेस राई, सह-सचिव तुलसा श्रेष्ठ र कोषाध्यक्षमा गरिमा तामाङ चयन भएका छन्।
प्रेम जङ्ग किराती पछिल्लो समय उदयपुरको नृत्य तथा सांस्कृतिक क्षेत्रमा निकै सक्रिय र चर्चित नाम हुन्। विभिन्न सांस्कृतिक कार्यक्रम, नृत्य कार्यशाला र प्रदर्शनमार्फत उनले जिल्लामा कलाको झिल्को देखाउँदै आएका छन्।
नयाँ नेतृत्वले जिल्लामा नृत्यकला र कलाकारहरूको पहिचान तथा प्रवर्द्धनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना!
Post Views: 184