December 23, 2025
1230x100

चार महिनादेखि तलब बिना उदयपुर जिल्ला को चौदण्डीगढी नगर अस्पतालका स्वास्थ्यकर्मी, घरमा चुलो बल्न छाड्यो, सेवा संकटमा!”

चार महिनादेखि तलब बिना उदयपुर जिल्ला को चौदण्डीगढी नगर अस्पतालका स्वास्थ्यकर्मी, घरमा चुलो बल्न छाड्यो, सेवा संकटमा!”
Gif-900x100-1

केसब बराल

आवाज मिडिया HD

चार महिनादेखि तलब बिना उदयपुर जिल्ला  को चौदण्डीगढी नगर अस्पतालको स्वास्थ्यकर्मी, घरमा चुलो बल्न छाड्यो, सेवा संकटमा!”

उदयपुर चौदण्डीगढी नगरपालिका अन्तर्गतको नगर अस्पतालका स्वास्थ्यकर्मीहरू चार महिनादेखि तलब नपाई जिविकोपार्जनमै संघर्ष गरिरहेका छन्।
दिनभर बिरामीको सेवा गर्ने हातहरू साँझ घरमा चुलो बाल्न नसक्ने अवस्थामा पुगेका छन्। यस्तो अवस्थामा सेवा दिने मनोबल नै कमजोर बनिरहेको छ।

नगर अस्पताल जस्तो संवेदनशील र सार्वजनिक स्वास्थ्य सेवा दिने संस्थामा तलब नपाउँदा सेवा प्रवाह मात्र हैन, सम्पूर्ण स्वास्थ्य प्रणालीमै प्रश्न उठेको छ। नर्स, प्राविधिक, फार्मेसी सहयोगीदेखि चिकित्सकसम्मको अनुहारमा निराशा छाएको छ। यतिसम्म कि केहीले वैकल्पिक रोजगारीको खोजीसमेत गर्न थालेका छन्।

सामान्य औषधिको अभाव, उपकरणको मर्मत नहुनु र जनशक्तिको कमीले गर्दा दैनिक आउने बिरामीहरूलाई गुणस्तरीय सेवा पाउन हम्मे–हम्मे परेको छ।
“हामी जति सकिन्छ सेवामा लागिरहेका छौं, तर पेट र परिवारको माग पनि हुन्छ नि,” एक कर्मचारीको गुनासो थियो।

स्थानीयबासीहरू पनि चिन्तित छन्।  भन्छन्,
“नगर अस्पताल बन्द हुने अवस्थामा पुग्न लागेको छ अब के गाउँघरमा स्वास्थ्य सेवा खोज्न सहर धाउनु पर्ने हो?”

 

स्वास्थ्यकर्मीको पीडा केवल तलबको कुरा होइन, त्यो सेवा, सुरक्षा र सम्मानको कुरा हो। नगर अस्पतालको अस्तित्व र जनताको स्वास्थ्यबीच सीधै सम्बन्ध छ, त्यसैले सम्बन्धित निकायले यथाशीघ्र ध्यान नदिए गम्भीर संकट निम्तिन सक्नेछ। संबंधित निकायको  ध्यानाकर्षण  हुन जरुरी छ!

900X1002

सम्बन्धित खबरहरु

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।

IMG-20240718-WA0003

भर्खरै

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।