May 23, 2025
1230x100

मेयरकै संरक्षणमा नक्कली कागजात बनाएर करोडौंको उत्खनन, नम्बरी भनिएको जग्गा नम्बरी नभएको पुष्टि

मेयरकै संरक्षणमा नक्कली कागजात बनाएर करोडौंको उत्खनन, नम्बरी भनिएको जग्गा नम्बरी नभएको पुष्टि
Gif-900x100-1

मेयरकै संरक्षणमा नक्कली कागजात बनाएर करोडौंको उत्खनन, अख्तियारको फन्दामा वरपानीको सञ्जाल

आवाज मिडिया HD

३१ बैशाख २०८२

केसब बराल

उदयपुर — चौदण्डीगढी नगरपालिका–२ र ४ मा पर्ने वरपानी गाउँमा नक्कली कागजातको भरमा व्यापक ढुंगा, गिट्टी, बालुवा र माटोको अवैध उत्खनन भएको खुलासा भएको छ। नगर प्रमुखकै मिलेमतोमा सरकारी जग्गा ‘नम्बरी’ भनेर देखाई उत्खनन गरिएको छ, जुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक छानबिनमै फेला परेको हो।

लामाखोलानजिकको सो क्षेत्र वातावरणीय दृष्टिकोणले संवेदनशील मानिने भए पनि IEE (प्रारम्भिक वातावरणीय मूल्यांकन) प्रतिवेदन एक ठाउँमा देखाएर अर्कै स्थानमा उत्खनन गरिएको खुलेको छ। अनुसन्धानमा खटिएको अख्तियारको टोलीले प्रयोग गरिएको कागजातहरू नक्कली र भ्रामक भएको ठहर गरेको छ।

वडा नं. ७ का अध्यक्ष केशव अधिकारीले नगर प्रमुख स्वयंको संलग्नतामा यो सबै गतिविधि भएको आरोप लगाउँदै अख्तियारमा उजुरी दिएका थिए। “नगरपालिकाको नाममा जनताको सम्पत्तिमा यस्तो डाँका चलाइँदैछ, हामी चुप लागेर बस्न सक्दैनौं,” अध्यक्ष अधिकारीले भने। उनका अनुसार, उत्खननबाट दैनिक लाखौं रुपैयाँको कारोवार भइरहेको थियो, जसको न लाभ नगरपालिका पाएको छ, न स्थानीयवासीले।

स्थानीय बासिन्दाले समेत ढुंगा उत्खननका कारण खेतीयोग्य जमिन बर्बाद भएको, पानीका स्रोत सुक्न थालेको र वातावरणमा समेत प्रतिकूल असर परेको गुनासो गरेका थिए ।

यस प्रकरणपछि अख्तियारले जग्गा अभिलेख, वातावरणीय स्वीकृति, ठेक्काको प्रक्रिया र उत्खननको वित्तीय कारोबारसमेत सूक्ष्म अनुसन्धानमा लिएको छ।

 

900X1002

सम्बन्धित खबरहरु

IMG-20240718-WA0003

भर्खरै