December 23, 2025
1230x100

नगर अस्पताल बेल्टारमा ‘सर्पदंश उपचार तथा व्यवस्थापन केन्द्र’ संचालनमा, उद्घाटनमा जनप्रतिनिधिको अनुपस्थिति प्रति गुनासो

नगर अस्पताल बेल्टारमा ‘सर्पदंश उपचार तथा व्यवस्थापन केन्द्र’ संचालनमा, उद्घाटनमा जनप्रतिनिधिको अनुपस्थिति प्रति गुनासो
Gif-900x100-1

नगर अस्पताल बेल्टारमा ‘सर्पदंश उपचार तथा व्यवस्थापन केन्द्र’ संचालनमा, उद्घाटनमा जनप्रतिनिधिको अनुपस्थिति प्रति गुनासो

केसब बराल
बेल्टार, उदयपुर —
२०८२ जेष्ठ १४ गते

चौदण्डीगढी नगरपालिका अन्तर्गतको नगर अस्पताल बेल्टारमा ‘सर्पदंश उपचार तथा व्यवस्थापन केन्द्र’ आजदेखि औपचारिक रूपमा संचालनमा आएको छ। केन्द्रको उद्घाटन नगरपालिकाका प्रमुख कालुमान लामाले गरे।

उद्घाटन समारोहमा बोल्दै मेयर लामाले अबदेखि नगर क्षेत्रका सबै १० वटै वडाका बासिन्दाहरूले सहज रूपमा उपचार सेवा पाउने विश्वास व्यक्त गरे। “सर्पदंश सेवा संचालनमा आएपछि सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्नेछ,” मेयर लामाले उद्घाटन कार्यक्रममा बताए।

तर यति महत्त्वपूर्ण कार्यक्रमको उद्घाटनमा नगरपालिकाका कुनै पनि वडाबाट जनप्रतिनिधि नदेखिनुले स्थानिय स्तरमै असन्तुष्टि पैदा गरेको छ। कार्यक्रममा सहभागी स्थानीयहरू तथा स्वास्थ्यकर्मीहरूले वडास्तरका जनप्रतिनिधिको अनुपस्थितिलाई गम्भीर रूपमा लिएका छन्।

“यस्तो सेवा सुरु हुँदा सबै वडाका जनप्रतिनिधि अनिवार्य रूपमा उपस्थित हुनुपर्थ्यो,” एक स्थानीयले गुनासो पोखे, “के सूचना नै नगरिएको हो त? सूचना प्रवाहमा कमजोरी भएझैं देखिएको छ।”

स्थानीयहरूको भनाइ अनुसार यस्तो सामुदायिक हितको कार्यक्रममा जनप्रतिनिधिको सहभागिता नहुनु दुर्भाग्यपूर्ण हो। उनीहरूले अबदेखि यस्ता कार्यक्रममा सबै पक्षको उपस्थितिलाई सुनिश्चित गर्न आग्रह गरेका छन्।

नगरवासीले आशा गरेका छन् कि यो सेवा प्रभावकारी रूपमा संचालन हुनेछ र जनस्वास्थ्यको सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

900X1002

सम्बन्धित खबरहरु

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।

IMG-20240718-WA0003

भर्खरै

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।