रामेछापका सुजन ढुङ्गेल अनेरास्ववियु २४औं केन्द्रीय महाधिवेशनमा सदस्य पदमा उम्मेदवार
आवाज मिडिया सम्बादाता
रामेछाप,
२०८२ जेठ २४
अनेरास्ववियुको २४औं केन्द्रीय महाधिवेशनमा रामेछापका युवा विद्यार्थी नेता सुजन ढुङ्गेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन । आगामी जेठ २५ देखि २८ गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनमा उहाँले संगठनको सशक्त नेतृत्वका लागि आफ्नो उम्मेदवारी सार्वजनिक गर्नुभएको हो।
समाजपरिवर्तन र शैक्षिक क्षेत्रको विकासमा अग्रसर युवा नेताको रूपमा चिनिँदै आउनुभएका ढुङ्गेलले लामो समयदेखि विद्यार्थी आन्दोलनमा सक्रिय भूमिका निभाउँदै आउनुभएको छ। संगठनप्रतिको प्रतिबद्धता, नेतृत्व क्षमताका साथै जनसम्पर्क र संगठन विस्तारमा उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएका ढुङ्गेल अब नेतृत्वको केन्द्रीय तहमा पुगेर अझ प्रभावकारी ढंगले काम गर्न चाहनुहुन्छ।
उहाँले महाधिवेशनलाई संगठन सुदृढीकरण, वैचारिक बहस र भावी नेतृत्व निर्माणको सशक्त अवसरका रूपमा लिँदै आफ्ना योजना र दृष्टिकोणसहित उम्मेदवारी दिनुभएको हो।
ढुङ्गेलले समावेशी, न्यायपूर्ण र विद्यार्थीको हकअधिकार सुनिश्चित हुने नेतृत्व निर्माणका लागि आफू कटिबद्ध रहेको बताउएका छन!। उहाँको उम्मेदवारी रामेछाप जिल्लामात्र नभई, समग्र संगठनभित्र नयाँ पुस्ताको उदीयमान नेतृत्वको प्रतिनिधित्वका रूपमा हेरिएको छ।
अनेरास्ववियु जस्तो ऐतिहासिक छात्र संगठनमा आफूलाई अवसर दिए विद्यार्थी हितका लागि समर्पित भएर काम गर्ने प्रतिवद्धता उहाँले व्यक्त गरेका छन !