June 13, 2025
1230x100

मनसुनको चाल ढिलो, देशभर गर्मी र सुक्खा बढ्दै

मनसुनको चाल ढिलो, देशभर गर्मी र सुक्खा बढ्दै
Gif-900x100-1

मनसुनको चाल ढिलो, देशभर गर्मी र सुक्खा बढ्दै

आवाज मिडिया HD सम्बादाता 

जेष्ठ 27/2082

नेपालमा यस वर्षको मनसुन समयमै सक्रिय हुन सकेको छैन । सामान्यतया असारको सुरुमै मनसुनले देशभरि वर्षा गराइसक्नुपर्ने हो, तर अहिलेको अवस्थामा पानी पर्नुको साटो गर्मी अझै बढ्दो छ । मौसम विज्ञान विभागका अनुसार मनसुन ल्याउने प्रणाली अझै कमजोर अवस्थामा छ, जसले गर्दा पानी पर्न ढिलाइ भएको हो ।

हाल बंगालको खाडीबाट आउने मनसुनी वायुले पर्याप्त ऊर्जा नपाएकाले यो सक्रिय हुन सकेको छैन । तर विभागले दिएको जानकारी अनुसार अब केही दिनमै वातावरणमा परिवर्तन आउने देखिएको छ, जसले गर्दा मनसुन सक्रिय भई देशभर वर्षा सुरु हुन सक्ने सम्भावना छ ।

मनसुनको ढिलाइले विशेष गरी कृषकहरूलाई असर पारेको छ । पानी नपरेकाले धेरै ठाउँमा रोपाइँ सुरु हुन सकेको छैन । खेत सुक्खा छन्, बिउ राख्ने समय नाघ्न थालेको छ । यस्तै, गर्मीले तराईका जनजीवनमा समेत असर परेको छ । लू लाग्ने खतरा बढेको छ, र पानीको अभावले धेरैलाई समस्या भएको छ ।

मौसमविद्हरू भन्छन् – “मनसुनको गति सुस्त छ, तर वातावरणीय अवस्था सुधार हुँदै गएको छ, त्यसैले अबको केही दिनभित्र पानी पर्ने अपेक्षा गर्न सकिन्छ ।”

अब सबैको आशा यही छ — चाँडै पानी परोस्, खेत वारि भिजून्, र जनजीवन सहज बनोस् ।

900X1002

सम्बन्धित खबरहरु

IMG-20240718-WA0003

भर्खरै