December 23, 2025
1230x100

चौदण्डीगढी नगरपालिका –८ बिरेन्द्रबजार स्थित  आमा समूहको अधुरो भवन निर्माणका लागि बीस लाख बजेट स्वीकृत!

चौदण्डीगढी नगरपालिका –८ बिरेन्द्रबजार स्थित  आमा समूहको अधुरो भवन निर्माणका लागि बीस लाख बजेट स्वीकृत!
Gif-900x100-1

चौदण्डीगढी नगरपालिका –८ बिरेन्द्रबजार स्थित  आमा समूहको अधुरो भवन निर्माणका लागि बीस लाख बजेट स्वीकृत!

उदयपुर
२०८२/०३/०४
आवाज मिडिया सम्बादाता

चौदण्डीगढी नगरपालिका–८, बिरेन्द्रबजार स्थित  आमा समूहले निर्माण गर्दै आएको भवन अब पुरा हुने भएको छ।  अधुरो रहेको भवन निर्माणका लागि चालु आर्थिक वर्ष २०८२/०८३ मा संघीय सरकारबाट बीस लाख रुपैयाँको बजेट स्वीकृत भएको छ।

उक्त योजना  समाजसेवी गनेश राईको विशेष पहलमा सांसद शुसिला श्रेष्ठमार्फत संघीय योजना अन्तर्गत समावेश गरिएको हो।

भवन अधुरो रहेका कारण आमा समूहले नियमित कार्यक्रम, बैठक, तालिम तथा सामाजिक गतिविधिहरू सञ्चालन गर्न कठिनाइ भइरहेको थियो। अब उक्त बजेट प्राप्त भएसँगै भवन निर्माण कार्य अगाडि बढ्ने छ र महिलाहरूको सामाजिक सक्रियता थप सशक्त हुने अपेक्षा गरिएको छ।

स्थानीय महिला सदस्यहरू निकै उत्साहित देखिएका छन्। उनीहरूले भवन निर्माण पूरा भएसँगै समुहको काम अझ व्यवस्थित र प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।

यसै सन्दर्भमा गनेश राईले भने, “यो योजना महिलाको नेतृत्व र सशक्तिकरणका लागि एउटा सानो प्रयास हो। यसले समुदायमा सकारात्मक परिवर्तन ल्याउनेछ भन्ने विश्वास छ।”

स्थानियहरूले पनि योजना छिटो र गुणस्तरीय रूपमा सम्पन्न गरिनुपर्ने माग गर्दै सम्बन्धित निकायलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।!

900X1002

सम्बन्धित खबरहरु

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।

IMG-20240718-WA0003

भर्खरै

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।