December 23, 2025
1230x100

उदयपुरमा एक किशोरी मृत, युवक झुन्डिएको अवस्थामा : कारण प्रेम सम्बन्ध ?

उदयपुरमा एक किशोरी मृत, युवक झुन्डिएको अवस्थामा : कारण प्रेम सम्बन्ध ?
Gif-900x100-1

उदयपुरमा एक किशोरी मृत, युवक झुन्डिएको अवस्थामा : कारण प्रेम सम्बन्ध ?

केसब बराल

आवाज मिडिया HD

२०८२ असार ४

उदयपुर — उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरी गाउँमा मंगलवार बिहान दुःखद घटना घटेको छ। एउटै गाउँका एक किशोरी र एक युवक मृत अवस्थामा फेला परेका छन्।

विहानै १४ वर्षीया मञ्जु राई को शव बाटो छेउमै लडिरहेको अवस्थामा फेला परेको हो भने करिब २ सय मिटर टाढा एक आँपको रुखमा झुन्डिएको अवस्थामा २८ वर्षीय रविन (रबिन्द्र) राई को शव भेटिएको छ।

स्थानीयहरूका अनुसार, दुवै जनाबीच मायाप्रेमको सम्बन्ध थियो। “केही विषयमा विवाद भएपछि रविनले पहिले मञ्जुलाई मारे र पछि आत्महत्या गरे,” स्थानीयले अनुमान गरेका छन्।

घटनास्थलको प्रकृति हेर्दा आत्महत्या र हत्या दुवै संलग्न भएको देखिएको छ। यद्यपि, इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार शव परीक्षणका लागि कानुनी प्रक्रिया अघि बढाइएको छ।

दुवै मृतक छिमेकी भएको पुष्टि भएको छ।

स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सक्रियतामा घटनाबारे थप अनुसन्धान भइरहेको छ। घटनाले गाउँमा स्तब्धता छाएको छ।

900X1002

सम्बन्धित खबरहरु

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।

IMG-20240718-WA0003

भर्खरै

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।