December 23, 2025
1230x100

भत्किएको त्रीयुगा नदीको पुलमा ट्रस्ट ब्रीज निर्माणका लागि ६० लाख बजेट, तर खर्च अनुमान एक करोड!

भत्किएको त्रीयुगा नदीको पुलमा ट्रस्ट ब्रीज निर्माणका लागि ६० लाख बजेट, तर खर्च अनुमान एक करोड!
Gif-900x100-1

भत्किएको त्रीयुगा नदीको पुलमा ट्रस्ट ब्रीज निर्माणका लागि ६० लाख बजेट, तर खर्च अनुमान एक करोड!

आवाज मिडिया 

उदयपुर

२०८२असार ०६

केसब बराल 

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ मा पर्ने बेल्हा र सिवाईलाई जोड्ने त्रीयुगा नदीस्थित भत्किएको पुल मा (ट्रस्ट ब्रीज) पुनर्निर्माणका लागि कोशी प्रदेश सरकारबाट ६० लाख रुपियाँ विनियोजन गरिएको छ।

कोशी प्रदेशका सांसद माननीय राजन किराँतीको सक्रिय पहलमा उक्त बजेट प्रदेश सरकारमार्फत स्वीकृत गरिएको हो। यसबारेमा सांसद किराँतीले आफूलाई जानकारी गराउँदै प्रदेश सरकार तथा सरोकारवाला निकायलाई धन्यवाद पनि व्यक्त गरेका छन्।

यद्यपि, विगतमा गरिएको अनुमान अनुसार उक्त पुल पुनर्निर्माणका लागि झण्डै १ करोड रुपैयाँ आवश्यक पर्ने आंकलन गरिएको थियो। अब विनियोजित ६० लाख बजेटले सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न सम्भव नहुने प्राविधिक अनुमान स्थानीय स्रोतहरूबाट आएको छ।

यदि थप बजेटको सुनिश्चितता नभएमा यो योजना अधुरै रहने सम्भावना रहेको स्थानीय बासिन्दाहरूको धारणा छ। त्यसैले सांसद किराँतीलाई स्थानीय सरकार, भौतिक पूर्वाधार मन्त्रालय तथा अन्य सरोकारवालाहरूसँग समन्वय र सहकार्य गरी बाँकी रकमको व्यवस्था गर्न दबाब बढ्दो छ।

स्थानीयबासीहरूले विगतदेखि नै यो पुलको अभावमा दैनिक आवागमनमा समस्या झेल्दै आएका छन्। त्यसैले यो पुलको निर्माण चाँडो हुनुपर्ने आवाज बलियो बन्दै गएको छ।

900X1002

सम्बन्धित खबरहरु

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।

IMG-20240718-WA0003

भर्खरै

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।