December 23, 2025
1230x100

अन्याय  बेतिथी र भ्रस्टाचार भ्रष्टाचारको विरुद्ध मा आवाज उठाउदा वडाध्यक्षको अधिकार अपहरण : मेयर लामाको नेतृत्वमा छलकपटपूर्ण निर्णय, कानुनी चुनौतीको तयारी

अन्याय  बेतिथी र भ्रस्टाचार भ्रष्टाचारको विरुद्ध मा आवाज उठाउदा वडाध्यक्षको अधिकार अपहरण : मेयर लामाको नेतृत्वमा छलकपटपूर्ण निर्णय, कानुनी चुनौतीको तयारी
Gif-900x100-1

अन्याय  बेतिथी र भ्रस्टाचार भ्रष्टाचारको विरुद्ध मा आवाज उठाउदा वडाध्यक्षको अधिकार अपहरण : मेयर लामाको नेतृत्वमा छलकपटपूर्ण निर्णय, कानुनी चुनौतीको तयारी

आवाज मिडिया सम्बादाता

१०८२असार ९

उदयपुर

चौदण्डीगढी नगरपालिका वडा नम्बर  –७ का वडाध्यक्ष केशव अधिकारीको निर्वाचित पदको संवैधानिक अधिकार खोसिएको  खुलासा भएको छ। नगरप्रमुख कालुमान लामाको नेतृत्वमा गत वैशाख २१ गते बसेको कार्यपालिकाको बैठकले वडाध्यक्ष अधिकारीलाई कुनै पनि पदीय जिम्मेवारी नदिने निर्णय गरेको पुष्टि भएको छ।

तर, लोकतान्त्रिक प्रक्रियालाई मिचेर गरिएको उक्त निर्णय आइतबार मात्रै अधिकारीलाई जानकारी दिइएको हो। आफूमाथि भएको निर्णयबारे लेखा शाखाबाट प्रतिलिपि प्राप्त गरेपछि वडाध्यक्ष अधिकारीले त्यसबारे गम्भीर आपत्ति जनाउँदै कानुनी उपचार खोज्ने बताएका छन्।

उनलेे भने “म जननिर्वाचित वडाध्यक्ष हुँ। मलाई निलम्बन गरिएको हो कि कारबाही? केही जानकारी बिना जिम्मेवारी खोस्ने अधिकार कसरी हुन्छ?” भनी आक्रोश पोख्दै उनले भने, “सामान्य सेवा–सुविधा नआएपछि लेखामा बुझ्दा यस्तो निर्णय देखाइयो।”

मिडियालाई उपलब्ध गराइएको कार्यपालिकाको निर्णय प्रतिलिपिमा उल्लेख छ — “२०८२ वैशाख १९ गते वडाध्यक्ष अधिकारीले जिल्ला प्रशासन कार्यालयमा पत्रकार समक्ष जनप्रतिनिधिको कार्यसम्पादनबारे दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेकाले सो अनुरुप निर्णय गरियो।”

त्यसैगरी, “वडाध्यक्ष अधिकारी विगतदेखि नै नगरपालिकासँगको कानुनी समन्वय नगरी, विना जानकारी वडा सदस्यलाई कार्यवाहक तोक्ने, नगरसभा, कार्यपालिका तथा बैठकमा सहभागी नहुने जस्ता गतिविधि गर्दै आएको” पत्रमा भनिएको छ।

उक्त आधारमा नगरपालिकाले उनको मासिक सेवा सुविधा रोक्का राख्न आदेश दिएको छ भने आगामी आर्थिक वर्षको बजेट तथा योजना वडाध्यक्षको सट्टामा अन्य सदस्यहरूसँग समन्वय गरी तयार गर्न निर्देशन दिएको छ।

निर्णयमा हस्ताक्षर गर्नेहरूमा मेयर लामा, उपमेयर मनिकादेवी दुलाल, वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरू रहेका छन्।

यस सम्पूर्ण घटनालाई लोकतन्त्रको मूल मर्ममाथि प्रहारको रुपमा लिँदै वडाध्यक्ष अधिकारीले कानुनी लडाइँ लड्ने जनाएका छन्। उनका अनुसार, “निर्वाचित जनप्रतिनिधिको हैसियतमा यो अपमान र अघोषित पद खोसाइको प्रयास मौन सहन सकिन्न। उनलेे बताए म न्यायिक विकल्पमा जानेछु।”

900X1002

सम्बन्धित खबरहरु

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।

IMG-20240718-WA0003

भर्खरै

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।