December 23, 2025
1230x100

पत्रकार दुष्ट माथी  मेयर कालुमान लामाको खुलेआम धम्की : “ चौदण्डीगढीमा डरको शासन!

पत्रकार दुष्ट माथी  मेयर कालुमान लामाको खुलेआम धम्की : “ चौदण्डीगढीमा डरको शासन!
Gif-900x100-1

पत्रकार दुष्ट माथी  मेयर कालुमान लामाको खुलेआम धम्की : “ भने  झुण्डाएर नाङ्गेझार बनाइदिन्छु”!

चौदण्डीगढीमा डरको शासन

आवाज मिडिया सम्बादाता 
उदयपुर चौदण्डीगढी
२०८२ असार ११

संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म विपरीत चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले प्रेस स्वतन्त्रता माथि गम्भीर हमला गर्दै पत्रकारलाई सार्वजनिक रूपमा धम्क्याएका छन्।

स्थानीय पत्रकार  राजेन्द्र दुष्टमाथि आज बिहान मेयर लामाले चिया होटलमै आएर निर्लज्ज रूपमा ज्यान मार्ने शैलीको धम्की दिएका हुन्।

घटनाका साक्षी पत्रकार दुष्टका अनुसार, उनी अधिकारी  होटलमा चिया खाइरहेका थिए। त्यही बेला मेयर लामा, नगरकार्यपालिका सदस्य उदयराज भुजेल र राजेन्द्र कटवाल समेत त्यहाँ पुगेपछि त्रियुगा नदीको भत्किएको पुलको बजेटबारे चर्चा हुँदै थियो।

त्यसैक्रममा मेयर लामा एक्कासी आक्रोशित हुँदै भने, “नगर प्रमुख हुँ म, के सोचेको छस तैले? त्रियुगा नगरको समाचार लेख्छस्, मेरो नगरपालिकाको समाचार किन लेख्दैनस्? झुण्डाएर नाङ्गेझार बनाइदिन्छु!!

धम्कीप्रति स्पष्ट प्रतिक्रिया दिँदै पत्रकार दुष्टले भने, “यदि मेरो समाचारमा गलत केही छ भने  झुण्डिन तयार छु, तर धम्कीले डराउनेवाला म होइन।”

उनले थप खुलासा गरे अनुसार, ९ गते बसेको १८ औं नगर सभामा आफूलाई  त्यसबारे जानकारी नै नपाएकाले समाचार नबनाएको बताए। तर, त्यसैको रिस कसेर मेयर लामाले उनलाई नगरपालिका गेटसम्म पनि नटेक्न चेतावनी दिएका हुन्।

सत्ता, पहुँच र अहंकारको भरमा प्रेसमाथि यस्तो जघन्य आक्रमण हुनु संविधानले ग्यारेन्टी गरेको अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप हो।

पत्रकार दुष्ट विगत लामो समयदेखि गढीखबर दैनिक तथा गढीखबर डटकम मार्फत निष्पक्ष पत्रकारिता गर्दै आइरहेका छन्। यो घटना प्रेस स्वतन्त्रतामाथिको निर्मम प्रहार हो र यसप्रति सम्बन्धित निकायले तुरुन्त गम्भीर ध्यान दिन आवश्यक छ।

900X1002

सम्बन्धित खबरहरु

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।

IMG-20240718-WA0003

भर्खरै

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।