उदयपुर डान्स स्टुडियोको ब्यानरमा तीज विशेष गीत केही दिनमा सार्वजनिक हुनेभएको छ!!
आवाज मिडिया HD
बेद बिक्रम कटुवाल
उदयपुर — उदयपुर डान्स स्टुडियोको ब्यानरमा यस वर्षको तीजलाई लक्षित गरी निर्माण गरिएको नयाँ संगीत भिडियो केही दिनमा सार्वजनिक हुने भएको छ । भिडियोमा वरिष्ठ गायक भिषण मुकारुङको शब्द–संगीत, गायिका अभिग्या राईको मधुर स्वर र निर्देशक प्रेम जङ्ग किराँतीको निर्देशन तथा नृत्य निर्देशन प्रस्तुत गरिएको छ ।
सुटिङ्ग चौदण्डीगढी नगरपालिका–६ स्थित ऐतिहासिक हलेस्वर मन्दिर परिसरमा दुई दिनमै सम्पन्न भएको थियो । भिडियोका क्यामेरा सम्हाल्ने जिम्मेवारी देबराज सिङ्देलले पुरा गरेका छन् भने, मेकअपमा सोम मग्राती र सम्पादन तथा कलरिङ्गमा अर्जुन खड्काले योगदान दिएका छन् ।
गीतलाई आकर्षक बनाउन कलाकारहरू राधा खड्का, इन्दिरा राई, आरती लुवागुन र सर्मिला राईले दमदार अभिनयसहित मनमोहक नृत्य प्रस्तुत गरेका छन् ।
निर्देशक प्रेम जङ्ग किराँतीले भिडियोबारे प्रतिक्रिया दिँदै भने, “दुई दिनमै सम्पन्न भएको यो तीज गीत दृश्य र संगीत दुवै दृष्टिले निकै आकर्षक बनेको छ, दर्शक–श्रोताले अवश्य रुचाउनेछन् ।”