जनताको सम्पत्ति चोर्नेहरूलाई चोख्याउने प्रतिवेदन : चौदण्डीगढी नगर नेतृत्वमाथि नै नैतिक संकट”
आवाज मिडिया HD
२०८२/४/६
केसब बराल
चौदन्डिगढी नगरपालिका चरणटोलमा १९ हजार घनमिटर माटो चोरी : जनप्रतिनिधि–कर्मचारी मिलेमतो, प्रतिवेदन ढाकछोप को दस्तावेज मात्रै बनेकोप्रति जनआक्रोश”
चौदण्डीगढी नगरपालिका–४ चरणटोलमा १९ हजार घनमिटरभन्दा बढी माटो चोरी भएको तथ्य समितिको प्रतिवेदनले नै पुष्टि गरेको छ। तर विडम्बना के छ भने, यस्तो ठूलो घोटालामा संलग्न जनप्रतिनिधि र कर्मचारीलाई चोख्याउने, वास्तविक दोषीलाई बचाउने र केवल तल्लो तहका व्यक्तिलाई बलिको बोको बनाउने ढंगले प्रतिवेदन तयार गरिएको छ। यसप्रति हामी गम्भीर खेद मात्र होइन, घोर आपत्ति जनाउँछौं।
जनताको आँखा छल्न सकिन्छ भन्ने भ्रम पाल्नेहरूलाई थाहा हुनुपर्छ—आजको नागरिक सचेत छ, प्रत्यक्षदर्शीको भनाइलाई दबाउन सकिँदैन। प्रतिवेदनले ‘माटो मात्र उत्खनन भएको’ भन्दै गिट्टी उत्खननलाई ढाकछोप गर्ने दुस्साहस गरेको छ। तर स्थानीयवासीले १७ टिपरमा गिट्टी लोड देखेको तथ्यलाई कसरी बेवास्ता गर्न सकिन्छ ? यो प्रतिवेदन सत्य उजागर गर्ने होइन, शक्तिशाली मिलेमतो लुकाउने दस्तावेज हो भन्नेमा शंका छैन।
यस्तै, सरकारी छाप दुरुपयोगको खुलेआम स्वीकारोक्ति भएको अवस्थामा समितिको मौनता झनै आपत्तिजनक छ। स्काभेटर नियन्त्रणमा नलिनु, भगाइएका मेसिनको प्रसंगसमेत प्रतिवेदनमा बेवास्ता हुनु, राजनीतिक संरक्षणबारे प्रश्न नै नउठाउनु—यी सबै मिलेर समितिको विश्वसनीयता शून्य बनाएको छ ।
सर्वाधिक चिन्ताजनक पक्ष भनेकै सरकारी छाप दुरुपयोगको खुला स्वीकारोक्ति हो। सिताराम कन्ट्रक्सन कम्पनीका प्रतिनिधिहरुले आफैं रसिद छपाएर राजश्व शाखामा छाप लगाएको स्वीकार गरिसकेका छन्। तर समितिले यस संवेदनशील विषयलाई प्रतिवेदनमै बेवास्ता गर्नु लोकतान्त्रिक प्रक्रियाप्रति ठाडो अपमान हो। यस्तो निष्क्रियता प्रतिवेदनले सत्यको दस्तावेज होइन, ढाकछोपको नाटक सावित गरिसकेको छ!
पहिले देखि नै चौदन्डिगढी नगरपालिकाको नेतृत्वले यस्तो येस्तै प्रतिवेदनलाई आड दियर जनताको विश्वास नै गुमाइसकेको छ नैतिकताको आधार गुमाइसकेछ , अनि कुर्सी सम्हाल्ने नै हैसियत गुमाइसकेको छ ।
अब समय आएको छ—स्थानीयवासी मात्र होइन, सम्पूर्ण सचेत समाज एकजुट भएर प्रश्न सोध्ने :
• यति ठूलो चोरी हुँदा दोषी किन बचाइएका छन् ?
• किन सरकारी छाप दुरुपयोग जस्तो गम्भीर मुद्दा लुकाइयो ?
• किन शक्तिशाली समूहलाई छोडेर तल्लो तहका कर्मचारीलाई मात्र दोषी देखाइयो ?
नगरपालिकाको नेतृत्वले यसरी संवेदनशील विषयलाई सामान्य बनाउने, शक्तिशाली समूहलाई चोख्याउने र तल्लो तहका कर्मचारीलाई मात्र बलिको बोको बनाउने काम गर्नु नैतिकता र जिम्मेवारी दुवैसँग धोका दिएको छ । यसले स्थानीय जनताको विश्वासलाई गुमाएर गम्भीर क्षति पुर्याएको छ।
यी प्रश्नको जवाफ नगरपालिकाले दिनैपर्छ। दिन सक्दैन भने नगर प्रमुखदेखि जिम्मेवार जनप्रतिनिधिले तत्काल राजिनामा दिई ड्कैटी ब्यसाय गर्दा हुन्छ!।
यस घोटालामा संलग्न सबैलाई कानुनी कठघरामा उभ्याएर उदाहरणीय सजाय नदिइए लोकतन्त्रको नाममा हुने मिलेमतो र ढाकछोप संस्कृतिले सधैं सरकारी सम्पत्ति र जनताको विश्वासमाथि डकैती गरिरहने छ।
जनताको आवाज दबाइउन पाइदैन सत्य लुकाउँन पाइदैन । चौदण्डीगढीले नगरपालिका ले जवाफ दिनैपर्छ !!
जनप्रतिनिधि–कर्मचारी मिलेमतोमा सरकारी सम्पत्ति चोरी हुँदा मौन रहने प्रतिवेदन स्वीकृत गर्ने नेतृत्वले आफ्नो कुर्सी सम्हाल्ने नैतिक आधार गुमाइसकेको छ।
अब प्रश्न उठेको छ ? – जनप्रतिनिधि र कर्मचारी मिलेमतोमा संलग्न भए पनि चोख्याउने प्रतिवेदन आउने हो भने चौदण्डीगढी नगरपालिका कसरी अघि बढ्न सक्छ ????