आवाज मिडिया HD सम्बादाता
उदयपुर
उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।
पुल निर्माण अन्तिम चरणमा पुग्दै गर्दा करिब ४ वर्षअघि पुलको दक्षिणतर्फको पिलरमा क्षति पुगेपछि पुल अलपत्र अवस्थामा रहँदै आएको थियो।
अब भने भाँचिएको करिब ७५ मिटर खण्डमा ८१ मिटर लामो र १.६ मिटर चौडाइको झोलुङ्गे पुल निर्माण कार्य आजबाट सुरु गरिएको छ। उक्त झोलुङ्गे पुलबाट पैदल यात्री र मोटरसाइकल मात्र आवतजावत गर्न मिल्ने छ।
यदि प्रदेश सरकारको लगानीसँगै स्थानीय सरकारले समेत थप लगानी गरेको भए, यो झोलुङ्गे पुलबाट अटो सिटी जस्ता तीनपाङ्ग्रे सवारी साधनसमेत सञ्चालन गर्न सकिने थियो, जसले स्थानीय बासिन्दालाई अझ सहज र सुरक्षित आवतजावतमा ठूलो राहत पुग्ने स्थानीय ले बताएका थिए।









