January 31, 2026
1230x100

उदयपुरमा ७६३ केजी गाँजासहित दुई जना पक्राउ।।

उदयपुरमा ७६३ केजी गाँजासहित दुई जना पक्राउ।।
Gif-900x100-1

आवाज मिडिया सम्बादाता

उदयपुर चौदण्डिगढी 

२०८२/०९/१२

उदयपुरमा ७६३ केजी गाँजासहित दुई जना पक्राउ।।

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–३ पैतालिस चौकबाट ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुर र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले २०८२ पुस १२ गते राति १२:३० बजे विशेष सूचनाको आधारमा कारबाही गरेको हो।

रामपुरबाट गाईघाटतर्फ आउँदै गरेको को.१ ज ३४५६ नम्बरको बोलेरो गाडी जाँच गर्दा ७६३.७६ केजी प्रतिबन्धित लागू औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ। सो क्रममा गाडी चालक बेलका–६ का २३ वर्षीय रविन कुमार राई र सोही गाडीमा सवार बेलका–९ का २८ वर्षीय रामबहादुर राई पक्राउ परेका छन्।

बरामद गरिएको गाँजा र बोलेरो गाडीसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेल्टार, उदयपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

900X1002

सम्बन्धित खबरहरु

IMG-20240718-WA0003

भर्खरै