January 11, 2026
1230x100

उदयपुरको  चौदण्डीगढी नगरपालिका–७ हाङबजारकी एक महिलाको दाउरा काट्ने क्रममा ज्यान गएको छ।

उदयपुरको  चौदण्डीगढी नगरपालिका–७ हाङबजारकी एक महिलाको दाउरा काट्ने क्रममा ज्यान गएको छ।
Gif-900x100-1

बेल्टार/ पुस २५

आवाज मिडिया HD सम्बादाता बेल्टार

उदयपुरको  चौदण्डीगढी नगरपालिका–७ हाङबजारकी एक महिलाको दाउरा काट्ने क्रममा ज्यान गएको छ।

स्थानीय श्रीपञ्चमी सामुदायिक वन क्षेत्रमा आज बिहान दाउरा काट्न गएकी ४२ वर्षीया नमिता राईको सुकेको रुख ढाल्ने क्रममा सोही रुखको हाँगा उछिटिएर लाग्दा गम्भीर घाइते भएकी थिइन्।

घटनापछि तत्काल उपचारका लागि नगर अस्पताल बेल्टार ल्याइए पनि उपचारकै क्रममा उनको निधन भएको चिकित्सकले घोषणा गरेका छन्। उक्त जानकारी सामुदायिक वनका अध्यक्ष झप्पुराम राईले दिएका हुन्।

घटनासम्बन्धी मुचुल्का तयार गरी शव परीक्षणको प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ। मृतक राईका श्रीमान् तथा तीन छोरी रहेका छन्।

900X1002

सम्बन्धित खबरहरु

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।

IMG-20240718-WA0003

भर्खरै

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।