April 10, 2026
1230x100

उदयपुर सिमेन्ट उद्योग बन्द देखि कोशी कटान सम्म सरकारमाथि सांसद गेलालको ब्यबस्थापनमा माग !

उदयपुर सिमेन्ट उद्योग बन्द देखि कोशी कटान सम्म सरकारमाथि सांसद गेलालको ब्यबस्थापनमा माग !
Gif-900x100-1

उदयपुर सिमेन्ट उद्योग बन्द देखि कोशी कटान सम्म सरकारमाथि सांसद गेलालको ब्यबस्थापनमा माग !

आवाज मिडिया HD
केसब बराल

उदयपुर, २६ चैत — प्रतिनिधि सभाका सदस्य पारश मणि गेलालले उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालनमा ल्याउन सरकारसँग जोडदार माग गरेका छन्। संसदको शून्य समयमा बोल्दै उनले राजनीतिक खिचातानी र अनावश्यक हस्तक्षेपका कारण उद्योग जीर्ण अवस्थामा पुगेको स्पष्ट पारेका छन।

उनका अनुसार, उद्योग पुनः सञ्चालनमा आए हजारौं युवालाई रोजगारीको अवसर सिर्जना हुने भएकाले यसलाई प्राथमिकतामा राखेर तत्काल पहल गर्न सरकार जिम्मेवार हुनुपर्ने बताएका छन्। “देशको औद्योगिक विकास र युवाको भविष्यसँग जोडिएको विषयमा ढिलाइ सह्य छैन,” उनले दृढ रूपमा भनेका छन ।

यसैबीच, सांसद गेलालले कोशी नदीको तीव्र कटानले प्रत्येक वर्ष हजारौं नागरिक प्रभावित भइरहेको उल्लेख गर्दै सरकारको गम्भीर ध्यानाकर्षण पनि गराएका छन् ।उनले दीर्घकालीन र प्रभावकारी योजना बिना समस्या समाधान सम्भव नभएको भन्दै ठोस रणनीति अघि सार्न आग्रह गरे।

त्यसैगरी, उदयपुरका विभिन्न स्थानमा निर्माणाधीन पुल तथा कल्भर्ट समयमै सम्पन्न नहुँदा स्थानीय जनजीवन अस्तव्यस्त बनेको उनले बताए। विशेषगरी, यसको प्रत्यक्ष असर बालबालिकाको शिक्षामा परेको उल्लेख गर्दै चालु आर्थिक वर्षभित्रै ती आयोजना सम्पन्न गर्न पर्याप्त बजेट विनियोजन गर्नुपर्ने माग गरेका छन । र  सांसद गेलालले भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गरी सामाजिक न्याय सुनिश्चित गर्न पनि सरकारसँग आग्रह गरेका छन्।

900X1002

सम्बन्धित खबरहरु

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।

IMG-20240718-WA0003

भर्खरै