August 15, 2025
1230x100

ह्यान्डबलको मैदानमा उदयपुरको प्रतिनिधित्व, टिमलाई भव्य बिदाई!

ह्यान्डबलको मैदानमा उदयपुरको प्रतिनिधित्व, टिमलाई भव्य बिदाई!
Gif-900x100-1

ह्यान्डबलको मैदानमा उदयपुरको प्रतिनिधित्व, टिमलाई भव्य बिदाई”

आवाज मिडिया 

उदयपुर 

केसब बराल 

११ असार २०८२

गण्डकी प्रदेश ह्यान्डबल संघको आयोजनामा पोखरामा हुने राष्ट्रिय महिला ह्यान्डबल प्रतियोगितामा सहभागी हुन उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट महिला खेलाडीको टिम पोखरा प्रस्थान गरेको छ।

उक्त टिमलाई नगर खेलकुद विकास समिति, जिल्ला ह्यान्डबल संघ तथा प्रदेश ह्यान्डबल संघको संयुक्त पहलमा बिदाई गरिएको हो।

प्रतियोगिताका लागि महिला तथा पुरुष खेलाडीहरूलाई २७ थान जर्सी राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता आदरणीय जनक बस्नेतले प्रदान गरेका छन्। साथै खेलाडीहरूको यातायात र खानपान व्यवस्थापनमा आदरणीय ज्ञानेन्द्र प्रधानले सहयोग पुर्‍याउनु भएकोमा जिल्ला ह्यान्डबल संघले हार्दिक आभार व्यक्त गरेको छ।

जय ह्यान्डबल!

900X1002

सम्बन्धित खबरहरु

IMG-20240718-WA0003

भर्खरै