February 11, 2025
1230x100

क्यान सन्दीपलाई क्रिकेट गतिविधिबाट निलम्बन

क्यान सन्दीपलाई क्रिकेट गतिविधिबाट निलम्बन
Gif-900x100-1

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई क्रिकेट गतिविधिबाट निलम्बन गरेको छ ।

अदालतले दोषी ठहर्‍याएको हुँदा निलम्बन गरिएको क्यानले एक विज्ञप्ति जारी गर्दै बताएका हुन् ।

जिल्ला अदालत काठमाडौले सन्दीपलाई पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । हिजो गरिएको सजाय निर्धारणमा उनलाई ८ वर्ष कैदसहित ५ लाख जरिवाना र क्षतिपूर्तिको आदेश सुनाएको छ ।

अदालतबाट जबरजस्ती करणीको मुद्दामा दोषी ठहरिएका सन्दीप लामिछानेले सफाइ नपाएसम्म क्रिकेटबाट टाढा रहने स्वघोषणा गरेका छन् ।

900X1002

सम्बन्धित खबरहरु

IMG-20240718-WA0003

भर्खरै

Skip to content