February 11, 2025
1230x100

प्रधानाङ्ग र उराँवलाई मातृभाषा पुरस्कार अर्पण गर्दै ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’ सम्पन्

प्रधानाङ्ग र उराँवलाई मातृभाषा पुरस्कार अर्पण गर्दै ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’ सम्पन्
Gif-900x100-1

सुनसरी । नेपाल भाषाका साहित्यकार डा. योगेन्द्रमान प्रधानाङ्ग र उराँव भाषाका साहित्यकार बेचन उराँवलाई मातृभाषा पुरस्कार अर्पण गर्दै धरानमा ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’ सम्पन्न भएको छ । महोत्सव ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०८०’को आयोजनामा नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति भूपाल राईको सभाध्यक्षतामा धरानस्थित लाङ्घाली सभाभवनमा सम्पन्न भएको हो ।

महोत्सव दुई चरणमा सम्पन्न भएको छ । पहिलो चरणमा धरान उपमहानगरपालिका–८ सिरिजङ्गाचोकमा स्थापित लिम्बूभाषा लिपिका प्रवर्तक तथा सहिद सिरिजङ्गाको सालिकमा माल्यार्पण गरिनुका साथै विभिन्न जनजातिका झाकी समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि धरानका ज्येष्ठ नागरिक १०३ वर्षीय चन्द्रमाया कटवालले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेकी छन् । उनले नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति राईले प्रशंसा–पत्र प्रदान गरीन।

कार्यक्रमका विशेष अतिथि तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले सेवाग्राहीको कामलाई आफूले पहिलो प्राथमिकता दिने बताउँदै मातृभाषा आफैँमा राष्ट्रियभाषा हो जाति आफैँमा राष्ट्र भएको बताए । उनले प्रकृतिलाई हेर्ने दृष्टिकोण किरातीलगायतका जनजातिको आआफ्नै छ । प्रकृति, संस्कृति र प्रतिनिधि तीन कुराको तारताम्य मिलेमात्रै विकास हुने बताए । उनले तिनचुला पुज्ने व्यक्ति भएकाले श्रमदानको अभियान चलाएको उल्लेख बताएका छन् । उनले भने ‘भाषासँगै इतिहास र संस्कृति जोडिएको हुन्छ । राजनीतिक दृष्टिकोणबाट भाषा भनेको सबैभन्दा ठुलो शासन हो भन्ने मेरो ठम्याइरहेको छ । अरूबाट शासित भयो भने भाषा लोप हुने खतरा देख्छु । साथै, अङ्ग्रेजी भाषाको मोहले आआफ्नो मातृभाषा नै लोप हुने अवस्था रहेको छ ।’


कार्यक्रमको उद्घोषणका क्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले प्रज्ञा–प्रतिष्ठान सबैको अपनत्वमा पर्योस् भन्ने उद्धेश्यका साथ काठमाडौँभन्दा बाहिर बहुभाषिक पहिचान बोकेको धरानमा ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’को आयोजना गरिएको हो र यस महोत्सवले सबैको ध्यानाकर्षित गरेको बताए ।

यस महोत्सवका सभाध्यक्ष तथा प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले कार्यक्रम समापनका क्रममा ‘भाषाको शक्ति भनेको सञ्चार गर्नु हो । मातृभाषा विना एक सेकेन्ड पनि बाँच्न सकिँदैन । राज्यले भाषामाथि विभेद गरेको छ ।स्थानीय तहले बाटोघाटो बिजुली र पुल आदि निर्माणका लागि बजेट छुट्याउँछ तर भाषाको विकासको बारेमा चासो राख्दैन । भाषाको उत्थान र विकासका लागि स्थानीय तहमा बजेट आउँछ तर त्यसमा खर्च नगरी रकमान्तर गरेको भन्ने सुनिन्छ, यो दुस्खद हो’ भन्दै आपति जनाए । उनले भाषा जागरणसम्बन्धी अभियान देशैभरि चलाउने उद्वेश्यले पहिलोपटक प्रज्ञा–प्रतिष्ठानले काठमाडौँबाहिर ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’को आयोजना धरानमा गरेको बताउँदै प्रज्ञा–प्रतिष्ठान सबै समुदायको भएकाले ‘सबै भाषा सबै ज्ञान ः सबैको प्रज्ञा–प्रतिष्ठान’ भन्ने उद्घोषसहित पहिलेको केन्द्रीकृत ज्ञानलाई अब विकेन्द्रित गर्दै अघि बढ्ने प्रतिबद्ध व्यक्त गरे ।

महोत्सवको दोस्रो चरणमा मातृभाषा पुरस्कार अर्पण, शुभकामना मनतव्य र विद्वत प्रवचन राखिएको थियो ।
महोत्सवमा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले स्वागत मनतव्यका क्रममा प्रज्ञा–प्रतिष्ठानलाई आमसमुदाय माझ पुर्याउने उद्वेश्यअनुरूप कार्यक्रमको आयोजना गरिएको बताए ।

यसैगरी प्रज्ञा–प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’ यस वर्ष नेपाल भाषाका साहित्यकार डा. योगेन्द्रमान प्रधानाङ्ग र उराँव भाषाका साहित्यकार बेचन उराँवलाई जनही १÷१ लाख अर्पण गरिएको थियो ।

यसै क्रममा भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपानेले आफ्नो विद्वत प्रवचनमा भाषा विचार विनिमयको सशक्त माध्यम र सञ्चार हो । प्रत्येकको मातृभाषा पहिलो प्राप्ति भाषा भएकाले अरू सिकाइका भाषा हुन बताए । उनले भने ‘कुनै पनि एउटा भाषाको मृत्यु हुनु भनेको एउटा सभ्यता समाप्त हुनु हो। राज्यको एकभाषा नीतिले अल्पसङ्ख्यक भाषाहरू लोप भएको छ ।’ निरङ्कुश राणा र राजतन्त्रका कारण अल्पसङ्ख्यक भाषाहरू लुप्त भएको उल्लेख गर्दै राज्यले राष्ट्रभाषा र राष्ट्रिय भाषा भनेर विभेद गर्नु नहुने र सबैभाषालाई राष्ट्रभाषा भन्नुपर्ने उनको तर्क छ ।
यसैगरी मातृभाषामा साहित्यको अवस्था विषयक कार्यपत्र नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य मुनाराज सेर्मा लिम्बूले प्रस्तुत गरे । यसको पूरक टिप्पणी मातृभाषाका अध्येता शोभा सुनुवारले गरेकी छन् । यसैगरी ‘सरकारी कामकाजको भाषा ः कार्यान्वयनको चुनौती’ विषयक कार्यपत्र भाषा आयोगका निवर्तमान सदस्य अमृत योञ्जन तामाङले प्रस्तुत गरे । यसको पूरक टिप्पणी डा. सोम धिमालले गरेका छन् ।
महोत्सवमा ‘स्थानीय तहमा मातृभाषा प्रयोग ः अप्ठेरा–सफ्ठेरा‘ विषयक विमर्श कार्यक्रम स्थानीय जनप्रतिनिधिसँग राखिएको छ । यस विमर्शमा धरान उपमहानगरपालिका सुनसरीका उपप्रमुख आइन्द्र बेघा, साँघुरीगढी गाउँपालिका धनकुटाका अध्यक्ष जितेन्द्र रुम्दाली, देवानगन्ज गाउँपालिका सुनसरीका अध्यक्ष बेचन मेहत्ता र हतुवागढी गाउँपालिका भोजपुरका उपाध्यक्ष सुनिता किरातीको उपस्थित रहेको थियो यसको सहजीकरण नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा. विष्णुकुमार सिँजालीले गरेका थिए ।
यस पश्चात् ‘मातृभाषा कविता साँझ’को आयोजना गरिएको थियो । उक्त ुमातृभाषा राष्ट्रिय कविता महोत्सव–२०८०’मा छनौट भएका ४४ वटा भाषाका ४४ वटा कविता प्रस्तुत गरिएको थियो ।
यसैगरी अजितकुमार धिमालद्वारा धिमालमा रचित ‘पुर्ना देरा’ ,अम्बिका अधिकारीद्वारा नेपालीमा रचित ‘सुधार हुन् सबै कुरा’, अरुणप्रसाद चौधरीद्वारा रचित ‘पूर्व’ थारुमा ‘दिया बारैत एक नारी’, असोता नाछिरिङद्वारा रचित नाछिरिङ्मा ुकाङ किरात नाछिरिङ, ऋतिक यादवद्वारा भोजपुरीमा रचित ‘मधेसी सहिदके पुका’, कमल सुच्चा राईद्वारा बान्तवामा रचित ‘मिचिबुङ’, कमलादेवी दुराद्वारा दुरामा रचित ‘माइखुलोपा’, खड्गबहादुर सुनुवार (रोमन)द्वारा रचित सुनुवारमा ‘देल’, चन्द्रमणि नेपालद्वारा संस्कृतमा रचित ‘इदीयं गृहम्’, चोमु शेर्पा खुसीद्वारा शेर्पामा रचित ‘पोकि मिजि’, छम गुरुङद्वारा तमूक्हयेमा रचित ‘नेपाल चेने होबो’, जङ्गबहादुर राईद्वारा दुङ्मालीमा रचित ‘टेन चोप्सा’, जेम्स ल्होमीद्वारा ल्होमीमा रचित ‘पेम्ब ज्यम्सी मेम्ब ढाङसी गो’, ज्ञानदीप चाम्लिङ राईद्वारा चाम्लिङमा रचित ‘यावानानी’, टङ्कबहादुर आलेमगरद्वारा मगर ढुटमा रचित ‘मगरढुटो रिल्हीङ–भोया’, टेकबहादुर जिरेलद्वारा जिरेलमा रचित ‘पुर्खे कथा थरिड बात जिरेल’, तुल्सीकृष्ण प्रजापतिद्वारा नेपालभाषामा रचित ‘वर्तमान’, दिवस राई लोहोरुङद्वारा लोहोरुङमा
‘सुनाली लेन्ठक हेम्मा’, देव तोनिमीद्वारा बाहिङमा रचित ‘खापी के आ रिदी गु बङा’, ध्रुवकुमार मण्डल अमातद्वारा रचित मैथिलीमा ‘कोना न करतै भ्रष्टाचार’, नरेन्द्र राई (नरेन्द्र कश्चित)द्वारा रचित छिलिङमा फुडालोक याङमेनछि, नीतिश केवरतद्वारा केवरतमा रचित ‘घेरेर बर्को बेटा’, पदम रानाद्वारा राना थारुमा रचित ‘हरबहिया’, प्रवीण याम्फूद्वारा याम्फूमा रचित स्वामाची, बाली छत्थरे (बागदल खजुम लिम्बू)द्वारा रचित लिम्बूमा ‘मिक्किसो’, भुवनेश्वर महतो कोइरीद्वारा मगहीमा रचित ‘तस्वीर हे मगही’, मीना पन्तद्वारा डोट्यालीमा रचित ‘मेरी जनमथली’, रञ्जितकुमार राजवंशीद्वारा राजवंशीमा रचित ‘हालुवार गान’, रविलाल ताजपुरियाद्वारा ताजपुरियामा रचित ‘निशा’, राकेश बि.एम. चिन्तनद्वारा मगरमा रचित नाङ्खार मगर, राम योन्जन गाउँलेद्वारा तामाङमा रचित ‘ङाला म्हेमे’, रामकुमार पासवानद्वारा अवधिमा रचित ‘हम मजदुर’, रेनुका कुमालद्वारामा कुमालमा रचित ‘सुकृति’, विशाल बिहानीद्वारा अछामीमा रचित ‘कै खि थाहा छ र’ ,विष्णु घर्ती (भनभनेली)द्वारा भुजेलमा रचित ‘मान्छे ल्हुङ’, शिवचन्द्रप्रसाद शाहद्वारा बज्जिकामा रचित ‘नेपाल–अङ्ग्रेजके ऐतिहासिक युद्धभूमि लडैया समनपुर’, सन्जाकुमारी दनुवारद्वारा दनुवारमा रचित ‘ऊ बत्ती’, सन्तोषीकुमारी चौधरीद्वारा थारुमा रचित ‘धिरगर बहलमान’, सम्पतलाल उराँवद्वारा उराँवमा रचित ‘एग्हय अयंग भाखा’,
सुबोध राईद्वारा थुलुङमा रचित ‘नेममिहे थिडण’, सोमा याक्खाद्वारा रचित ‘का कमाङ् लेङमा प्याङ्’, सोहराई राय परबद्वारा सन्थालमा रचित ‘सनामुनी हाँरदा’, स्मृति अधिकारीद्वारा खसमा रचित ‘सुइना’ र हाजी गुलाम मुस्तफा नुरीद्वारा उर्दुमा रचित ‘मोबाइल’ लगायतका मातृभाषाका कविता प्रस्तुत गरिएको थियो।

यस राष्ट्रिय मातृभाषा कविता महोत्सवमा सरिक भएका कविहरूलाई प्रज्ञा–प्रतिष्ठानका कुलपति राईले कदरपत्र प्रदान गर्नु गरेका थिए । साथै महोत्सवको समापनपश्चात् सिरिजङ्गाको सालिकमा साँझ दिपावली गरिएको थियो । यस दिपावलीमा कुलपति राई , सदस्य सचिव डा.धनप्रसाद सुवेदी ,धरान उपमहानगरपालिका उपप्रमुख आइन्द्र बेघा र प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरू डा.मधुसूदन गिरी, डा.कृष्णराज अधिकारी र राजन मुकारुङ,
प्राज्ञसभा सदस्यहरू प्रा.डा.खेमराज खनाल, चेतनाथ धमला, डा.बालाकृष्ण अधिकारी, सुमित्रा बाङ्देल राई चेली, मुनाराज सेर्मा, ईश्वर बुढाथोकी, डा.विष्णुकुमार सिँजाली, दिलेन्द्र सुब्बा र रामहरि श्रेष्ठलगायतका उक्त महोत्सवमा उपस्थित रेहेको थियो ।

900X1002

सम्बन्धित खबरहरु

IMG-20240718-WA0003

भर्खरै

Skip to content