February 11, 2025
1230x100

कुलपति राईद्वारा अमेरिकाका साहित्यकारलाई सम्मान तथा कृति विमोचन

कुलपति राईद्वारा अमेरिकाका साहित्यकारलाई सम्मान तथा कृति विमोचन
Gif-900x100-1

अमेरिका । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा अमेरिकाका साहित्यकारहरुलाई सम्मान गरेको छ । अमेरिकाको बोस्टनस्थित पशुपतिनाथ(बुद्ध मन्दिरमा अनेसास बोस्टन च्याप्टर, अमेरिकाको साधारण सभा तथा स्रष्टा सम्मान समारोह तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा अनेसास नेपाल च्याप्टरका निवर्तमान महासचिव तथा कवि ऋषभदेव घिमिरे र कवि शकुन ज्ञवालीलाई ‘नारी तारा’ उपाधिद्वारा सम्मानित भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले नेपाली साहित्य, संस्कृति र कला अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिँदा आफूलाई गर्वको अनुभूति भएको बताए । उनले यसक्षेत्रको संरक्षण र प्रवर्द्धनमा प्रवासमा रहेका नेपालीले महत्त्वपूर्ण योगदान पुर्याएको बताउँदै यस सुखद कार्यमा नेपाली प्रवासी स्रष्टाको जति प्रशंसा गरेपनि कमै हुने बताएका छ ।

यसैगरी कुलपति राईले कार्यक्रममा न्यूइङ्ल्यान्ड क्षेत्रमा रही नेपाली संस्कृति, समुदाय र साहित्यको उत्थानमा योगदान दिँदै आएका पशुपतिनाथ–बुद्ध फाउन्डेसन अफ न्यु इङ्ल्यान्डको बोर्ड अफ टस्ट्का सभापति सुशील पौडेल, कार्यसमितिका अध्यक्ष विष्णु कार्की, ग्रेटर बोस्टन नेपाली कम्युनिटीकी अध्यक्ष अञ्जु थापा, एनआरएनए उत्तरी अमेरिका क्षेत्रको पूर्वमहिला संयोजक तृष्णा काफ्ले शर्मा, एनआरएनए मासाच्युसेट्सका अध्यक्ष प्रचण्ड श्रेष्ठ, नरउड लायन्सका अध्यक्ष जाल घिमिरे, मेट्रो वेस्ट नेपाली कम्युनिटी, नरउडका अध्यक्ष सुरेश ढकाल, सृजनशील महिला समूह, नरउडकी अध्यक्ष सानु बर्मा अधिकारी, सङ्गीत क्षेत्रबाट रञ्जन बुढाथोकी, प्रेमसागर खतिवडा, सुशील गौतम, राजकपुर, श्याम नेपाली, सुन्दर गुरुङ, राम थापा, मीन केसीलगायतलाई कदरपत्र प्रदान गदै सम्मान गरेका छन् ।

यसैगरी राईले कविद्वय महेश्वर पन्तद्वारा रचित ‘उडेका पैताला’ र अनु शाहद्वारा रचित कवितासङ्ग्रह ‘अनुराग’को विमोचन गरेका छन् । कार्यक्रममा कविहरू दीपा राई पुन, अनु शाह, ममता कर्माचार्यले कविता वाचन र ऋषभदेव घिमिरेले ‘उडेको पैताला’ कविता सङ्ग्रहको समीक्षात्मक मनतव्य राखेका छन् ।


यसैगरी शुभकामना मनतव्यको क्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य/काव्य) विभाग प्रमुख बाबा बस्नेतले प्रवासमा रहेर पनि मेहनतका साथ नेपाली साहित्यको विकासमा भूमिका खेल्न सक्नु उल्लेखनीय पक्ष रहेको बताए ।

यस्तै अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्वन पुजाले शुभकामना मनतव्य दिँदै आफूले नेपाली साहित्यलाई विश्वका कुनाकुप्चामा पुर्याउनु निरन्तर लागिपर्ने बताएका छन् ।

900X1002

सम्बन्धित खबरहरु

IMG-20240718-WA0003

भर्खरै

Skip to content