May 18, 2026
1230x100

संसदमा श्रम संस्कृति पार्टीको प्रतिरोध “प्रधानमन्त्री संसदबाट भाग्न मिल्दैन” भन्दै रोस्ट्रम घेराउ

संसदमा श्रम संस्कृति पार्टीको प्रतिरोध “प्रधानमन्त्री संसदबाट भाग्न मिल्दैन” भन्दै रोस्ट्रम घेराउ
Gif-900x100-1

संसदमा श्रम संस्कृति पार्टीको प्रतिरोध
“प्रधानमन्त्री संसदबाट भाग्न मिल्दैन” भन्दै रोस्ट्रम घेराउ

आवाज मिडिया HD

२०८३/जेष्ठ /०४ काठमाडौ  प्रतिनिधिसभाको आजको बैठक सुरु भएको केही क्षणमै संसद् हल असामान्य दृश्यको साक्षी बन्यो। Harka Sampang नेतृत्वको श्रम संस्कृति पार्टीका सांसदहरू अचानक आ–आफ्नो सिटबाट उठेर सभामुखको रोस्ट्रमतर्फ अघि बढे र हातमा नारा लेखिएका पर्चा प्रदर्शन गर्दै सरकारविरुद्ध तीव्र विरोध जनाए।

सांसदहरूले सभामुख Dol Prasad Aryal समक्ष देखाएका पर्चाहरूमा “प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नैपर्छ”, “प्रश्नदेखि भाग्न पाइँदैन”, “संसद छलेर अध्यादेश ल्याउन बन्द गर” र “संसदीय जिम्मेवारी बहन गर” जस्ता सन्देश लेखिएका थिए।

करिब आधा मिनेटसम्म रोस्ट्रमअगाडि उभिएर विरोध प्रदर्शन गरेका सांसदहरू त्यसपछि आफ्नै स्थानमा फर्किएका थिए।

रोचक पक्ष के थियो भने विरोध त्यतिमै सीमित भएन। उनीहरूले सोही पर्चा छातीमा टाँसेर बैठकमा निरन्तर सहभागिता जनाए, जसले संसदभित्रको असन्तुष्टि अझ स्पष्ट रूपमा देखायो।

श्रम संस्कृति पार्टीको आक्रोश पछिल्लो राजनीतिक घटनाक्रमसँग जोडिएको देखिन्छ। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलपछि प्रधानमन्त्री Balen Shah संसदमा उपस्थित भएर जवाफ दिन नआएको विषयलाई लिएर उक्त पार्टीले यसअघि पनि बैठक बहिष्कार गरेको थियो।

आजको प्रदर्शनमार्फत उनीहरूले प्रधानमन्त्रीलाई प्रत्यक्ष रूपमा संसदप्रति उत्तरदायी बन्न दबाब दिएका थिए भने सभामुख ले मर्यादामा रहेर बिरोध गर्न आग्रह गरेका थिए !

संसदको मर्यादा र प्रक्रियाभित्रै रहेर असहमति राख्न आग्रह गर्दै सभामुख अर्यालले प्रदर्शनरत सांसदहरूलाई संयमता अपनाउन निर्देशन दिएका थिए। तर संसदभित्र देखिएको यो विरोधले सरकार र प्रतिपक्षबीचको तनाव सडकबाट मात्रै नभएर , संसदको केन्द्रमै चर्किँदै गएको संकेत दिएको छ।

फोटोहरु :-

900X1002

सम्बन्धित खबरहरु

IMG-20240718-WA0003

भर्खरै