आवाज मिडिया

छैटौं संस्करणको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको छ । विगत पाँच वर्षदेखि आयोजना हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको छैटौं संस्करणका लागि आवेदन दिएका गीत संगीतका विविध विधामा उत्कृष्ट सार्वजनिक गरिएको हो । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको छैटौं संस्करणको अवार्डका लागि आवेदन आह्वान गरिएको थियो ।
यस संस्करणको अवार्ड आगामी साउन ३ गते (१९ जुलाई)मा सिक्किमको याङयाङमा विशेष समारोहबीच हुन गइरहेको अवार्ड संयोजक गीता अधिकारीले जानकारी गराउनुभयो । अवार्डमा आधुनिक, पप, लोकदोहोरी गीतलगायतलाई समावेश गरिएको छ ।
अवार्ड समारोहमा नेपाली गीत संगीतमा विगत लामो समयदेखि योगदान पुर्याउनुभएका विशिष्ट साधकलाई दीर्घ साधना सम्मान अर्पण गरिने, गीत संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने संगीतकर्मीलाई विशेष सम्मान गरिने साथै कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने अवार्डका अध्यक्ष गणेश सुवेदीले जानकारी गराउनुभयो । दीर्घ साधना र अन्य सम्मानको घोषणा पनि छिट्टै गरिने अध्यक्ष सुवदीले बताउनुभयो । यस्तै, बालप्रतिभालाई राजिङ्ग स्टार अवार्ड पनि प्रदान गरिने उहाँले जानकारी गराउनुभयो ।
यसअघि दीर्घ साधना सम्मान वरिष्ठ संगीतकार राजु सिंह, स्व. गुरुदेव कामद, वरिष्ठ गायिका तथा संकलक चन्द्रकला शाह, वरिष्ठ गायिका ज्ञानु राणा र वरिष्ठ गायक खड्ग गर्बुजालाई प्रदान गरिएको थियो ।
उत्कृष्ट गीतकार (आधुनिक)
प्रकाश सुवेदी – नआइदे याद
डिपी खनाल – बुझे हुन्छ कुरा
एसके बम्जन – जहाँ जहाँ तिमी
डाक्टर बिलोल पोखरेल – चिरा चिरा भो
नारायण नेपाल – वरको छायाँले
वावुराम श्रेष्ठ – खोज्दानी आफूलाई भेटाउन सकिन
उत्कृष्ट सङ्गीतकार (आधुनिक)
कमल अधिकारी – त्यो मिठो पल
राजकुमार बगर – तिम्रो साथमा
दीपक शर्मा – परेली परेली
हरि लम्साल – जेल पनि सहुला-२
सिडी विजय अधिकारी – चाहेर हुँदैन माया
उत्कृष्ट गायक (आधुनिक)
रोशन टमट्टा – मेरो मुटु जल्यो
सुरज श्रेष्ठ – माया प्यारो भो
झलक विवश – जमाना खराब छ
सुरेश लामा – त्यो मिठो पल
सौगातजंग थापा – मायाजाल मोहनी
उत्कृष्ट आधुनिक गीत गायिका
निता आचार्य – ताते ताते गर्दै
समिक्षा अधिकारी – चाहेर हुँदैन माया
सारिका घिमिरे – गुन भुल्यौ
पवित्रा गुरुङ – फाटेको मन
बविता भट्टराई – बन्द गर्यौ तिमीले
उत्कृष्ट नव मोडल
कुन्दन गुप्ता – वनमारा
मोहित वि.क. – कसम तिम्रो कसम
अपेक्षा सिं – मुइयालाई देखेसी
आरती बुढा – काठमाडौं वस्याकी
गीता पन्थी – मिठा मिठा मनका कुरा
उत्कृष्ट मोडल महिला (आधुनिक)
सुनिसा बजगाईं – मेरो करिम
सृष्टि खड्का – परदेश
झरना रिसाल – छेउमा न आउ कान्छि तिमी
कविता न्यौपने – चाहेर हुँदैन माया
पूजा ठाकुर – जानु त पर्छ एक दिन
उत्कृष्ट मोडल (पुरुष)
विनोद श्रेष्ठ – शोकाकुल
सञ्जित भण्डरी – खडकाजीकी छोरी
राजन आले – मलाई नरुवाउ
वीरेन्द्र नौभाग्ये – कास्की तिरै घर छ
मुकेश गुरुङ – परान
उत्कृष्ट मोडल लोक/पप (महिला)
अस्मिता जुरली – जुन छेउमा के हो र तारा
उषा सुवेदी – म त तिम्रो होइन मायालु
रिना थापा मगर – जाले रुमाल
गीता ढुंगाना – एकै वित्ताको दुरी
अस्मिता पुरी – साइलो रन भूलमा छ
उत्कृष्ट युगल गायन
निशान भट्टराई/एलिना चौहान – जुनै झार्छु
षडस सम्वाहाम्फे/रचना रिमाल – सिन्की अचार
अञ्जु पन्त/शिव शंगम राई – एक्लो परानी
रन्जन राई/अनु चौधरी – तिमी मेरो प्राण हौ
तारावीर पाण्डे/मिलन नेवा – कस्तो फेशन
उत्कृष्ट सङ्गीतकार (लोकपप)
शंकर थापा स्माइल – वुझे हुन्छ कुरा
राजेन्द्र बजगाईं – खड्काजीकी छोरी
भीम विसी – पाउजुको छम छम
उमेश मुस्कान – यति ठूलो संसारमै
सुरेश राना – माया गर्ने जोडी
उत्कृष्ट लोकपप गायन (पुरुष)
छविन गुरुङ – मेरो प्यारो सिक्किम
प्रकाशजंग कार्की – हेर्दा हेर्दै
वादल थापा – माया गर्ने जोडी
योगश काजी – गागरी
मुकेश कटुवाल – थाह छ मलाई
लोकपप गायन (महिला)
मञ्जु लावती – लेकैमा फूलने लालि गुरास
सज्जा मैनाली – खडकाजीकी छोरी
रेशमा पुन – मायाका गीत
रोजिना वस्नेत – माया गर्ने जोडी
एलिना चौहान – दोषी हैन
उत्कृष्ट छायाकार
अजय रेग्मी – नआइदे याद
रुपेश थापा – नाच भाइ नाच
दीपक गिरी – चाहेर हुँदैन माया
महेश महरा – सम्झिन्छु तिमीलाई पनि
उत्सव दाहाल – तिमी मेरो प्राण हौ
उत्कृष्ट निर्देशक
जनक सिं – चाहेर हुँदैन माया
पूजा ठकुरी – मेरो कोही छ
प्रविण थापा – म त तिम्रो हैन मायालु
महेश्वर सम्वाहाम्फे – जुनै झार्छ
कृष्ण रुपाखेती – ह्दयकी रानी
उत्कृष्ट सम्पादक
अमृत चापागाईं – परदेश
विनोद बम – मायालुको सिउदो
मनोज कार्की – माया मोह
विकाश दाहाल – ऐना जस्तो हिमाल हेर्दा
कल्पेश विश्वकर्मा – पहिलो हाँसो पहिलो बोल
उत्कृष्ट कोरियोग्राफर
पुनम श्रेष्ठ – राधिका
पवित्रा आचार्य – कम्मर झुकेझुला
सियोन श्रेष्ठ – सिक्का नोटैमा
रोशन वि.क. – नाच नाच भाइ
सन्दीप भुजेल – लालुपाते फूल टिपेर
उत्कृष्ट भाषाभाषी
सुनिल नेपाली – देउडा (गायन) पिरिमका खेल
ईश्वर मगिया – नेवारी (गायन) छ तिसे नितोपना
सिरु बराइली – पूर्वेली (रचना) उडी जाने शास
मञ्जु थापा – पूर्वेली (गायन) लेकैमा फुल्ने लालीमा
प्रमोद डिजी – देउडा (गायन) रुप्स्या पातली
उत्कृष्ट लोकदोहोरी गायक/गायिका
इव्सल सन्ज्याल – इति माया
जानुका तामाङ – आँखा लाएको
मिठाराम खत्री – ललितपुरे दाइ
करुणा राई – परदेशीको दुखी जीवन
सुरज केसी – गलवन्दीको छेउ
विनोद दनुवार – उडीमा जाने सास
उत्कृष्ट श्रृंगार
अमृत मरहाट्ठा – जहाँ जहाँ तिमी
सुभाष तिमिलसिना – जोवन सुइकेला
विक्रम गौतम – ए माया
नन्दा अधिकारी – सिन्की अचार
सरिता मगर – भेटन आउ है साझैमा










