पौष २९
केशव बराल काठमाण्डौ
शेर्पाको निधनले नेपाली वाइल्डलाइफ फोटोग्राफी र पर्यटन क्षेत्रलाई ठूलो क्षति पुगेको छ। ६४ वर्षको उमेरमा कलेजोसम्बन्धी समस्याका कारण काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको हो।
सोलुखुम्बु, लुक्लाका स्थायी बासिन्दा शेर्पा पर्यावरण संरक्षण, जैविक विविधता प्रवर्द्धन, र पर्यटन क्षेत्रमा लामो समयदेखि सक्रिय हुनुहुन्थ्यो। वाइल्डलाइफ फोटोग्राफीमा उहाँको योगदानले नेपालको वन्यजन्तु संरक्षण र फोटोग्राफीको क्षेत्रमा नयाँ पहिचान स्थापित गरेको थियो।
शेर्पाको योगदानले हिमाली पर्यटन क्षेत्रको प्रवर्द्धन र स्थानीय विकासमा महत्वपूर्ण भूमिका खेलेको थियो।
उहाँको निधनले नेपाली समाज, पर्यटन क्षेत्र, र वाइल्डलाइफ फोटोग्राफी समुदायमा रिक्तता ल्याएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं !