February 11, 2025
1230x100

पशुपतिमा प्रहरीसँग दुर्व्यवहार गरेको आरोपमा आशिका तामाङ पक्राउ

पशुपतिमा प्रहरीसँग दुर्व्यवहार गरेको आरोपमा आशिका तामाङ पक्राउ
Gif-900x100-1

पशुपतिमा प्रहरीसँग दुर्व्यवहार गरेको आरोपमा आशिका तामाङ पक्राउ

काठमाडौं – सामाजिक अभियन्ताका रुपमा चिनिएकी आशिका तामाङलाई अभद्र व्यवहारको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पशुपतिनाथ मन्दिर परिसरमा तैनाथ प्रहरीसँग दुर्व्यवहार गरेको आरोप लागेपछि प्रशासनको पक्राउ पुर्जीको आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार आशिकाले सार्वजनिक क्षेत्रमै शान्ति भंग हुने गरी प्रहरीमाथि अभद्र व्यवहार गरेकी थिइन्। घटनाका बेला उनका केही सहयोगीहरूले समेत प्रहरीलाई दबाब दिएको बताइएको छ। उनीहरूको पनि भूमिका छानबिनको दायरामा रहेको छ।

आशिका हाल गौशाला वृत्तमा राखेर अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ। उनी सामाजिक सञ्जालमा सक्रिय अभियन्ता हुन् र पछिल्ला दिनहरूमा विभिन्न विषयमा आफ्नो अभिव्यक्तिका कारण भाइरल बनेकी थिइन्।

  1. प्रहरीका अनुसार सार्वजनिक स्थलमा शान्ति भंग र अभद्र व्यवहार सम्बन्धी मुद्दामा आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ। आशिकाको पक्राउले सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया उत्पन्न गरेको छ। समर्थकहरूले उनलाई अनावश्यक रूपमा फसाइएको दाबी गरिरहँदा, केहीले भने कानूनको पालनालाई समर्थन गरेका छन्।
900X1002

सम्बन्धित खबरहरु

IMG-20240718-WA0003

भर्खरै

Skip to content